राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक सम्पन्न

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं ।राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ ।

बैठकले भोलि देखि काठमाडौंमा शुरु हुने केन्द्रीय समितिको बैठकको एजेण्डासँगै बैठकमा प्रस्तुत हुने कार्यपत्र र प्रतिबेदनहरु परिमार्जन सहित पास गरेको छ ।

पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत 'भ्रष्ट ब्यबस्थाको अन्त्य, संबैधानिक राजसंस्था सहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको स्थापना र सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लागि जनआन्दोलन तथा राष्ट्रिय मोर्चाको निर्माण' बारे प्रस्तुत राजनितिक कार्यपत्र महामन्त्री राजाराम बर्तौलाद्वारा प्रस्तुत संगठन बिभागको प्रतिबेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा प्रस्तुत आर्थिक प्रतिबेदन केन्द्रीय समिती बैठकमा प्रस्तुत गर्ने गरि अनुमोदन गरिएको बैठक पछि महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

भोलिबाट शुरु हुने केन्द्रिय समिती बैठक पर्सि पनि संचालन हुनेछ भने पर्सि दिउँसो काठमाडौं उपत्यका भेला मार्फत निर्णयहरु सार्बजनिक गर्ने पार्टीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?