
सर्लाही । लालबन्दी–१२, स्याङ्वाडाँडा, पत्थरकोटस्थित शेष महलमा भगवान् सङ्कर्षणको विग्रह प्राण प्रतिष्ठा गरिएको छ । तीन दिनको धार्मिक समारोहको बीचमा आज सङ्कर्षणको विग्रह प्राण प्रतिष्ठा गरियो ।
हरेराम सङ्कीर्तन कुञ्जल स्याङ्वाडाँडा, पत्थरकोटमा माघ २१ देखि सुरु भएको वैदिक परम्परा अनुसारको कार्यक्रममा भगवान् सङ्कर्षणको विग्रह प्रतिष्ठा गरियो। यस अवसरमा ५,००० भन्दा बढी भक्तजनहरू सहभागी भए । कार्यक्रम दौरान सङ्कर्षण यज्ञ, श्रीमद्भागवत एकाह पारायण लगायतका धार्मिक अनुष्ठान आयोजना गरिएका छन् ।
धार्मिक मान्यताअनुसार चार युगका उपासना पद्धतिहरू– सत्ययुगमा तपस्या, त्रेतायुगमा यज्ञ, द्वापरयुगमा पूजा, र कलियुगमा हरिनाम सङ्कीर्तन– अनुसार भगवान् सङ्कर्षणको विग्रह प्रतिष्ठा गरिन्छ। शेष महलमा भगवान् सङ्कर्षणसँगै गनेश, सरस्वती, नाँग, हनुमान तथा कबिप्रसाद गौतम र जेज्ती प्रसाद गौतम लगायतका विग्रहहरू स्थापना गरिएको छ ।
समारोहमा विशेष उपस्थितिमा काठमाडौंका श्री जानकी कुञ्जबाट अनन्तप्रसाद गौतम र अजितप्रसाद गौतम गुरुहरू, काभ्रेका अमर अखण्ड हरिनाम सङ्कीर्तन मण्डलका पण्डितहरू सहभागी हुनुभएकाे थियाे। जयपुर, भारतका कलाकारद्वारा सिंहमरमरमा कुँदिएको यो विग्रह विश्वमै पहिलो भएको र निर्माणमा लगभग १ करोड रुपैयाँको लागत लागेको जनाइएको छ ।
शेष महल ३५ फिट अग्लो तालध्वज रथको अवधारणामा १४ स्तम्भहरूको आधारमा निर्माण गरिएको हो। निर्माणमा गुरु श्रीकविप्रसाद गौतमका भतिजा श्रीमुरारीप्रसाद गौतमको अग्रसरता थियो ।
मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किसोर राय, प्रदेश सभा सदस्य बेच्ची लुुङ्कगेली, पूर्व राज्य मन्त्री शंभु लाल श्रेष्ठ, र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । आयोजकले स्याङ्वाडाँडालाई दीर्घकालमा धार्मिक पर्यटनको केन्द्र बनाउने योजना बनाएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच