
एजेन्सी । साउदी अरेबियन क्लब अल हिलालले मंगलबार राती एएफसी च्याम्पियन्स लिग एलिटमा इरानी क्लब पर्सेपोलिस एफसीविरुद्ध ४-१ को जित निकालेको छ । जितसँगै सात खेलमा १९ अंक जोडेर अल हिलाल समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । पराजित पर्सेपोलिस समान खेलबाट ६ अंकका साथ नवौं स्थानमा छ ।
किंगडम ऐरिनामा घरेलु टोली अल हिलाललाई जित दिलाउन सलिम अल दवसारीले दुई तथा माल्कोम र जोआओ कन्सेलोले समान एक गोल गर्नुभयो । पर्सेपोलिसका लागि जियोर्गी ग्वेलेसियानीले गोल फर्काउनुभयो । खेलको १०औँ मिनेटमा माल्कोमको गोलमार्फत् अल हिलालले अग्रता लिएको थियो । १० मिनेटपछि कान्सेलोले टोलीको अग्रता दोब्बर बनाउनुभयो ।
दवसारीले ३८औँ मिनेट तथा पहिलो हाफको इन्जुरी समयमा गोल गर्दा अल नासरको अग्रता ४-० मा पुग्यो । ९०औँ मिनेटमा ग्वेलेसियानीले पेनाल्टीमार्फत् गरेको गोल पर्सेपोलिसका लागि सान्त्वना बन्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच