
रोम । बोलोग्ना २६ वर्षपछि इटालियन कपको सेमिफाइनलमा पुगेको छ । मंगलबार राती भएको क्वाटरफाइनल खेलमा बोलोग्नाले गत वर्षको उपविजेता एटलान्टालाई १-० ले हराएर सेमिफाइनल यात्रा तय गरेको हो । टोलीलाई जिताउन सान्टियागो कास्त्रो बेन्चबाट मैदान प्रवेश गरेलगत्तै गरेको निर्णायक गोल गर्नुभयो ।
अब बोलोग्नाले सेमिफाइनलमा युभेन्ट्स र एम्पोलीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । युभेन्ट्स र एम्पोलीबीचको खेल फेब्रुअरी २६ मा हुनेछ । बोलोग्ना यसअघि अन्तिमपल्ट सन् १९९९ मा सेमिफाइनल पुगेको थियो । ८०औँ मिनेटमा बोलोग्नाले अग्रता लिएको थियो ।
कास्त्रोले चारालाम्पोस लिकोजानिसको उत्कृष्ट फ्रिकिकलाई हेडर गर्दै गोलमा परिणत गर्नुभयो । २० वर्षीय अर्जेन्टिनी खेलाडी कास्त्रोले गोल गर्नुअघि मैदानमा प्रवेश गरेको दुई मिनेट पनि भएको थिएन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच