
पोखरा । मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको दोस्रो प्रि-क्वाटरफाइनलमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई दुई-शून्य गोल अन्तरले हराउँदै मच्छिन्द्र अन्तिम आठमा पुगेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा मात्र सम्भव भएका थिए । खेलको ७४ औँ मिनेटमा आदित्य शाक्यको गोलमा मच्छिन्द्रले सुरुवाती अग्रता बनाएको थियो । आदित्य मनिष डाँगीको स्थान लिँदै वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्नुभएको थियो । आयुष घलानले मिलाएको पासमा आदित्यले डि बक्सभित्रबाट बललाई पोष्टको गति दिनुभएको थियो ।
खेलको ८२औँ मिनेटमा स्टेफन कामाहाको गोलमा मच्छिन्द्रले अग्रता दोब्बर पा¥यो । खेलको सुरुवातबाट नै एपिएफमाथि दबाब बनाएको मच्छिन्द्रले पहिलो हाफमा बनाएको अवसरलाई सदुपयोग गर्न सकेन । मच्छिन्द्रले अब क्वाटरफाइनलमा पाँचपटकको विजेता थ्री स्टार क्लबसँग २७ गते खेल्नेछ । प्रतियोगितामा आज (बिहीबार) एनआरटी र चर्च ब्वाइज क्लब भिड्नेछन् । सो खेल दिउँसो २ः३० बजे पोखरा रंगशालामा सुरु हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच