
काठमाडौं । आगामी चैत २९ गतेलाई सिनेमाघरमा आउने मिति गरेको चलचित्र ‘पिताम्बर’को गीत ‘म त फ्यान भएँ’ सार्वजनिक भएको छ । अस्मिता अधिकारी र आशिष अभिरलको स्वर रहेको गीतको भिडियो निर्माणपक्षले मंगलबार सार्वजनिक गरेको हो । आशिष स्वयंको संगीत रहेको गीतमा आनन्द अधिकारी र आशिषको शब्दरचना छ ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का र दिव्या रायमाझीको नृत्य छ । ‘पिताम्बर’मा स्टार कलाकारहरूको बलियो लाइनअप छ । सौगात मल्ल, प्रदीप भट्टराई, दयाहाङ राई, दिव्या रायमाझी, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरि, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारीलगायत कलाकारको अभिनय छ ।
केपी फिल्मसले पुरुषोत्तम प्रधान फिल्मससँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानको डिओपी छ । विशाल चौलागाईं निर्माता रहेको यो चलचित्रमा प्रदीप भारद्वाजको लेखन र हिमाल केसीको द्वन्द्व निर्देशन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच