
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक तथा माछापुच्छ्रे गाउँपालिका ३ र ४ को संयुक्त आयोजनामा हाइड्रो प्रभावित क्षेत्र तथा गाउँहरूमा चारदिने वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
माछापुच्छ्रे क्यापिटल, माछापुच्छ्रे बैंक तथा माछापुच्छ्रे गाउँपालिका ३ र ४ को संयुक्त आयोजनामा हाइड्रो प्रभावित क्षेत्र तथा गाउँहरूमा माघ २१ देखि २४ गतेसम्म सेयरसम्बन्धी सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम भएको हो ।
क्यापिटलको पाँचौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रम माघ २१ देखि २२ गते माछापुच्छ्रे गाउँपालिका कास्की ४ लाहाचोकका हाइड्रो प्रभावित क्षेत्र तथा गाउँहरूमा र माघ २३ देखि माघ २४ सम्म माछापुच्छ्रे गाउँपालिका कास्की ३ र सो वडाका गाउँहरूमा सम्पन्न गरिएको आयोजकले जनाएका छन् ।
वित्तीय साक्षरता, सचेतना र घरदैलो कार्यक्रम वडा ४, घाचोक माछापुच्छ्रे बैंक बगर शाखा प्रबन्धक उज्ज्वल घिमिरे तथा माछापुच्छ्रे बैंक गण्डकी प्रदेशका क्लस्टर प्रमुख जीवनबहादुर कार्कीको समन्वयमा भएको हो ।
कार्यक्रममा वडा ३ का वडाध्यक्ष हरिश्चन्द्र लम्साल तथा वडा ४ का वडाध्यक्ष मधुसुधन अधिकारी तथा क्यापिटलतर्फबाट सञ्चालन प्रमुख करुना थापा तथा निक्षेप सदस्य विभागका कर्मचारी कोपिला पौडेलको उपस्थिति रहेको थियो ।
क्यापिटलले स्थापनाको पाँचौं वर्षको वार्षिकोत्सवका उपलक्ष्यमा माघ महिनाभरि रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोगलगायतका विविध कार्यक्रम आयोजना गरिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच