जि.स.स प्रमुखद्वारा भदौरे सडक अनुगमन

राजकुमार कार्की ओखलढुङ्गा
Read Time = 2 mins

ओखलढुंगा । जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख टेकराज भट्टराइर्लले स्तरोन्नती सम्पन्न सडकको अनुगमन गर्नु भएको छ ।

भदौरेदेखि रबुवा धुसेनी सम्मको स्तरोन्नती सम्पन्न सडक अनुगमन गर्नु भएको हो । सोमबार जिल्ला समन्वय समितिका इन्जिनियरसहितको टोलीले अनुगमन गरेको हाे ।

जिल्ला समन्वय समितिको काम अनुगमन गर्ने भएको र सडक निर्माण सम्बन्धि स्थानीयको गुनासो पनि आएकोले अनुगमन गरिएको प्रमुख टेकराज भट्टराईले बताउनु भयो । 'गुनासो गरिएको ठाउँमा इन्जिनियर मार्फत नापेका छौ, त्यसको रिपोर्ट आएपछि सार्वजनिक गर्नेछौ', प्रमुख भट्टराईले भन्नुभयो ।

भदौरे देखि रबुवा धुसेनी सम्मको सडक स्तरोन्नतीको काम सुबोध र सिर्जनसिल निर्माण कम्पनीको जेभीमा गरिएको थियो । चिशंखुगढी गाउँपालिकाले कार्यान्वयन गर्ने गरी भ्याटसहित ७८ लाख ४७ हजार ६९६ रुपैया ३० पैसामा ठेक्का सम्झौता भएको थियो । २०८१ साल असार २६ गते ठेक्काको सम्झौता भएको र मंसिर ३० गते भित्र काम सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको, टाँस गरिएको सुचनापार्टीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?