
कैलाली । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सीप तथा रोजगार मेला सुरु भएको छ ।
धनगढी उपमहानगरपालिकाको आयोजनामा बिहीबारदेखि सीप तथा रोजगार मेला सुरु भएको हो । मेलाको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभएको हो ।
मेलाको उद्घाटन गर्दै मन्त्री भण्डारीले एउटा मात्र स्थानीय तहले तालिम मात्रै सञ्चालन गरेर देशमै रोजगार र स्वरोजगारी सिर्जना गर्न नसकिने बताउनुभयो । संघीय सरकारले एकीकृत सीप मुलक तालिम एकीकृत रुपमा प्रदान गर्न छुट्टै मन्त्रालय खडा गर्न आवश्यक आवश्यक रहेको उहाँले बताउनु भयो ।
मन्त्री भण्डारीले नेपालमा दक्ष जनशक्तिको अभाव रहेको बताउँदै यस्ता मेलाबाट त्यस्तो जनशक्ति उत्पादनमा सहयोग पुग्ने बताउनु भयो । ‘हाम्रो देशमा रहेको जनशक्ति निर्यात हुने र अन्यत्रबाट आयात गर्नुपर्ने समस्या छ,’ उहाँले भन्नुभयो, ‘अब दक्ष जनशक्ति उत्पादनसंगै रोजगार दिने कुरामा पनि जोड दिन आवश्यक छ ।
उहाँले देशको समृद्धिका लागि बाधक देखिएका नियमहरु परिवर्तन गर्न सरकारले ल्याएका अध्यादेशहरुको विरोध गर्नुको कुनै तुक नरहेको समेत बताउनु भयो । उहाँले नेपाल सरकारको लगानीले मात्रै औद्योगिक पूर्वाधार निर्माण सम्भव नहुने भएका कारण त्यसका लागि सरकारले लगानीकर्ताको खोजी गर्ने बताउनुभयो । “सरकारले जारी गरेको अध्यादेशले यस्ता धेरै कुरालाई समेटेको छ”, उहाँले भन्नुभयो, “लगानीको वातावरण र सेज अध्यादेशमा समावेश छन् ।”
रुग्न उद्योगलाई पनि अगाडि बढाउने सरकारले जमर्को गरिरहेको उहाँले बताउनुभयो । यसैगरी युवा रोजगारी वृद्धिका लागि सरकारले नीतिगत कुरामा सुधार गरिरहेको उहाँकाे भनाइ थियाे । उहाँले कञ्चनपुरमा दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माणको प्रक्रियालाई नेपाल सरकारले अगाडि बढाइसकेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका अनुसार रोजगार मेलामा तालिम लिनका लागि नौ जिल्लाका ४७ स्थानीय तहबाट चार हजार आठ सय ३० जनाले आवेदन दिएका थिए । ‘तीमध्ये ३९ पालिकाका एक हजार ४० जना छनोट भएका छन्,’ मेयर हमालले भन्नुभयो, सहभागी प्रशिक्षार्थीहरूलाई २९ विधामा तालिम दिइने छ ।’
मेयर हमालले यस्तो मेला हरेक वर्ष आयोजना गर्नुपर्ने बताउँदै संघीय सरकारले नै स्वामित्व लिए प्रभावकारी हुने बताउनु भयो । ‘यसपटक धनगढीमा रोजगार मेला भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘संघीय सरकारले स्वामित्व लिए अर्कोपल्ट सुदूरपश्चिमका अन्य ठाउँमा आयोजना गर्न सकिन्छ । स्वरोजगारका लागि यस्ता मेला प्रभावकारी हुन्छन् ।’
युवाहरुलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन बजारको मागअनुसार सीप सिकाई दक्ष बनाउने मेलाको उद्येश्य रहेको हमालले बताउनु भयो । नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका अध्यक्ष प्रमोद पाठकले तालिम ४० दिनसम्म चल्ने जानकारी दिनुभयो । ३० दिन विभिन्न विधामा सीपमुलक तालिम, पाँच दिनसम्म जीवन उपयोगी र उद्यमशिलता विकास सम्बन्धी तालिम दिइनेछ भने दुई दिन रोजगारदाता र तालिमप्राप्त युवाहरुबीच अन्तक्रिया गरिने पाठकले जानकारी दिनुभयो ।
मेलामै रोजगारदाता र तालिम प्राप्त दक्ष जनशक्तीबीच रोजगारीका लागि अन्तरक्रिया गराउने तथा रोजगारको लागि अभ्यास पनि गराइने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच