
काठमाडौं । अभिनेता विल्सनविक्रम राई ‘माग्ने राजा’को कलाकार टोलीमा सामेल हुनुभएको छ । निर्माण टिमले मंगलबार विल्सनलाई औपचारिक रूपमा चलचित्रमा अनुबन्ध गरेसँगै चलचित्र ‘माग्ने राजा’मा माग्ने बुढा र तक्मे बुढाको जुगलबन्दी पक्का भएको छ । दुवैले करिब दशकपछि चलचित्रमा सँगै काम गर्न लाग्नुभएको हो । एक दशकअघि उहाँहरूले ‘राम कहानी’मा सँगै काम गर्नुभएको थियो । त्यसयता निर्माताको अथक प्रयासका बावजुद जोडी सम्भव भएको थिएन ।
विल्सनविक्रम राईलाई ‘मेरी बास्सै’मा अभिनयको मौका दिनुसँगै उहाँको चरित्रलाई तक्मे बुढा नामाकरण पनि केदार घिमिरेले नै गर्दिनुभएको थियो । विल्सनविक्रम राईले यही कारण केदार घिमिरेलाई गुरुको रूपमा मान्ने गर्नुभएको छ ।
मंगलबार चलचित्रमा तक्मे बुढालाई स्वागत गर्दै केदार घिमिरेले लामो समयपछिको सहकार्यलाई लिएर उत्साहित रहेको प्रतिक्रिया दिनुभयो । ‘हामी लामो समयदेखि एकअर्कासँग काम गर्न उत्सुक थियौं । अखण्ड प्रयासका बाबजुद पनि जुरेको थिएन,’ उहाँले भन्नुभयो, ‘तर माग्ने राजामा हामी दुवैलाई अटाउने भूमिका निस्कियो । यो जुगलबन्दीलाई सार्थक बनाउने प्रयास गर्नेछौं ।’
माग्ने बुढासँगको सहकार्यलाई लिएर तक्मे बुढा पनि उत्तिकै उत्साहित हुनुहुन्छ । उहाँले चलचित्रमा काम गर्ने प्रस्ताव आएदेखि नै पुराना दिन याद आएको स्मरण गर्नुभयो । ‘उहाँले र मैले टेलिभिजनबाहेक देश-विदेशमा थुप्रै स्टेज सो गरेका थियौं । सँगै काम गर्ने भएपछि मन त्यता पुगिरहेको छ । चलचित्रमा भने त्यति धेरै सहकार्य गर्न पाइएको थिएन । यो चलचित्रले त्यो चाहना पूरा गरिदिएको छ । बुढाहरूको जोडीले पहिलेझैँ दर्शक हँसाउने पक्का छ,’ विल्सनले भन्नभयो ।
ऋषि लामिछानेको निर्देशनमा बन्न गइरहेको यो चलचित्रमा यसअघि वर्षा सिवाकोटी, शिशिर वाङ्देल, शारदा गिरी, पुष्कर गुरुङलगायत कलाकार छनोट भइसक्नुभएको छ । आरम्भ प्रडक्सनको प्रस्तुतिमा मुनाल घिमिरेले निर्माण गरिरहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन र सामीप्य राज तिमल्सेनाको पटकथा छ । चलचित्रको यही शिवरात्रिका दिनदेखि छायांकन आरम्भ गरिने निर्माण पक्षले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच