
काठमाडौं । हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘भूठान’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा हरिवंशलाई अहिलेसम्मकै फरक अवतारमा देख्न सकिन्छ । अमेरिका लगिएका भुटानी आप्रवासीको भूमिकामा देखिनुभएका हरिवंश गम्भीर भाव र मुद्रामा देखिनुभएको छ, जहाँ उहाँ आफ्नो देश फर्कन खोजेको तर नपाएर विक्षिप्त बनेको देखाइएको छ ।
एक दृश्यमा दयाहाङ र जोयश पाण्डेले अभिनय गरेका पात्रहरू दाजुभाइ रहेको र बाबुको शवलाई गाड्ने कि जलाउने भनेर वादविवाद गर्दै गरेको देखिन्छ । सो दृश्यले चलचित्रमा यस विवादको अन्त्य कसरी होला भन्ने कौतुहल प्रदान गरेको छ ।
हलिउडका विश्वविख्यात अभिनेता ब्रुस डर्न पनि पहिलोपटक नेपाली निर्देशकले बनाएको यो चलचित्रमा देखिनुभएको छ । टिजरको अन्त्यमा महामृत्युञ्जय मन्त्र पढ्दै गरेको धमिलो नांगो शरीर र तेरो पुनर्जन्म भयो भन्दै पानीमा चोपलेर निकालिएको अर्को शरीर देखाइएको छ ।
विनोद पौडेल निर्देशित यस चलचित्रमा हरिवंशसहित दयाहाङ राई, पूजा चन्द, अनुराधा मजुमदार, ऋचा घिमिरे, जोएस पाण्डे, टम क्रेनलगायतको अभिनय छ ।
साथै अंग्रेजीमा ‘द वल्ड्र्स हृयाप्पिएस्ट म्यान’ नाम रहेको चलचित्रमा हलिउडका चर्चित अभिनेता ब्रुस डर्नले पनि अभिनय गर्नुभएको छ । यस चलचित्रको प्रमुख निर्मातामा अविरल थापा, राजेन्द्र ठकुराठी, अमिताभ जोशी, सुशांक मैनाली र कीर्तना बाँस्कोटा रहनुभएको छ ।
चलचित्रलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन र अमेरिकाको म्याड मंकी फिल्मस्ले निर्माण गरेको हो ।
चलचित्रले भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीहरूको देशप्रेम र आफ्नो थातथलो छोड्नुपर्दाको कथा र आफ्नो जराको खोज समेटेको छ । यो चलचित्र आगामी वैशाख १२ देखि सिनेमाघरमा आउँदै छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच