बाँदर आतंक नियन्त्रणका लागि गुल्मी काँग्रेसले दियो किसानलाई गुलेली र मटेंग्रा

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 5 mins

पाल्पा/गुल्मी। गुल्मीको रुरु क्षेत्र गाउँपालिका –२ ग्वादीका ८१ वर्षीय चन्द्रमणी बराल बिहिबार गुलेली र मटेंग्रा पाएपछि खुसी देखिनुहुन्थ्यो । गाउँमा बाँदर आतंक बढेपछि नेपाली काँग्रेस गुल्मीले ‘गुल्मी काँग्रेसको अठोट, सवल वडा सक्षम टोल’, अभियान अन्तर्गत समुदायमा काँग्रेस अभियानको क्रममा गुलेली र मटेंग्रा निःशुल्क वितरण गरेपछि बराल उत्साहित हुनुभएको हो ।

काँग्रेसले उहाँ जस्तै ग्वादीका बाँदर पिडित किसानलाई गुलेली र मटेंग्रा निःशुल्क वितरण गरेको छ । बाँदर आतंकबाट आफुहरु आजित बनेका बेला काँग्रेस नेताहरु घरमै आएर गुलेली र मटेंग्रा दिएको भन्दै स्थानीयले खुसी व्यक्त गरे ।

बिहिबार नेपाली काँग्रेस गुल्मीका सचिव जगदीश भट्टराई समुुदायमै पुुगेर किसानहरुलाई गुलेली र मटेंग्रा वितरण गर्नुभएको हो । उहाँले किसानहरुको मागलाई मध्यनजर गरी गुलेली र मटेंग्रा दिइएको बताए । सचिव भट्टराईले चुनौतीको रुपमा रहेको बाँदर नियन्त्रणका लागि केही हदसम्म भए पनि सहज बनाउन गुलेली र मटेंग्राले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो‘ गुलेली देखाएर बाँदर भाग्ने गर्छन् । यसले केही भए पनि किसानको बाली नाली जोगाउन मद्दत गर्छ भन्ने हाम्रो बुझाई हो ।’

गाउँपालिकाका पार्टी सभापति देविन्द्र मल्लले बाँदर आतंकले गर्दा गाउँहरु बसाँईसराईका कारण रित्तिदै गएकोप्रति चिन्तित हुुँदै परम्परागत रुपमा बाँदर भगाउन प्रयोग गरिने गुलेलीले किसानलाई राहत पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले किसानका समस्याहरु सम्बोधनका लागि भएको यो प्रयास अत्यन्तै प्रभावकारी रहेको बताउनुभयो । मल्लले भन्नुुभयो ‘बाँदर लखेट्न जाँदा आफुहरु माथि नै आक्रमण गर्न खोज्दै गर्दा गुलेली ताक्यो भने बााँदर डराएर भाग्ने हँुदा पनि यसबाट केही राहत हुन्छ ।’ ग्वादीका वडा सभापति तथा युवा किसान नारायण ज्ञवालीले गाउँमा बाँदर आतंकका कारण समस्यामा परेका किसानलाई बाँदर धपाउँन गुलेलीको समेत अभाव भएको अवस्थामा काँग्रेसले समुुदायमै आएर वितरण गर्नु आफैमा प्रशंसनिय कार्य रहेको बताउनुभयो ।

गुलेली र मटेंग्राको परम्परागत घरेलु हतियारका रुपमा प्रयोग गरिदैं आइएको छ । समस्याको समाधान परम्परागत रुपमा पनि गर्न सकिन्छ भन्ने मूल्य र मान्यतालाई आत्मसाथ गर्दै किसानलाई गुलेली वितरणको काम गरिनु आफैमा सकरात्मक रहेको रिडी बजार निवासी स्थानीय व्यवसायी किशोर श्रेष्ठले बताउनुभयो । ग्वादीका ३७ बर्षीय किसान जगत तिवारीले बाँदर आतंकका कारण समस्या भएको र आफुहरुसँग गुलेली पनि नभएको गुनासो गरेपछि काँग्रेस सचिव भट्टराईले एक कार्यक्रमको आयोजना गरेर किसानलाई गुलेली र मटेंग्रा दिएकोमा धन्यावाद प्रदान गर्नुभयो । स्थानीय समाजसेवी तथा नेपाली काँग्रेस क्षेत्र –१ प्रदेश १ का उपसभापति मंगलबहादुर रेगामीले यो एउटा नमूनाको रुपमा काम भएको भएता पनि गाउँका बाँदर पिडित किसानका समस्याहरुको समाधानमा यो कार्य महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले यस्ता काममा स्थानीय सरकारले समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?