
काठमाडौं । मानव पुस्तकालयको ३३औं शृंखला नवपुस्तकालय सुकेधारा धोबीखोला किनारमा सम्पन्न भयो । गजलकार सुशीला शर्मा धमलाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रमका परिकल्पनाकार पूर्वक्याम्पसचिफ तथा नियात्राकार विष्णुप्रसाद पन्तको सभापतित्वमा सञ्चालित भएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ तथा लेखक देवी नेपाल र विशिष्ट अतिथि वरिष्ठ साहित्यकार तथा प्राज्ञ ध्रुुव मधिकर्मीले पुस्तकीय व्याक्तित्वको भूमिकामा समेत रहनुभएको थियो । आख्यानकार तथा वरिष्ठ युरोलोजिष्ट प्राडा. अर्जुनदेव भट्टको स्वागत भाषणबाट प्रारम्भ भएको उक्त कार्यक्रममा विभिन्न कविले कविता, सुसेली, मुक्तक, गीत, गजल प्रस्तुत गर्नुका साथै शुभकामना व्यक्त गर्नुभएको थियो ।
कृष्णप्रसाद बस्याल, चन्द्रा न्यौपाने, शशिश्री आचार्य, कल्पना दाहाल, केशव दाहाल, विमल पराजुली, राजन लामिछाने, दुर्गा अधिकारी भमरकोटे, छत्रपति दाहाल, टंकबहादुर बजगाईं, निर्मला भट्टराई, महेशप्रसाद रिजाल, डा.परशुराम पौडेल, टीका पौडेल, हरि खनाल, सुन्दर खड्का, रामचन्द्र दाहाल, डा.विष्णु केसी, भागिरथी भट्टराई ज्ञावाली, ध्रुवप्रसाद गजुरेल, वीरबहादुर बुढा, आकाश घिमिरे, मञ्जुश्री प्रधान, आशिष उपाध्याय, किष्मतराज उपाध्याय समेतको उपस्थिति थियो । हरिभक्त सिग्देलको धन्यवाद ज्ञापनसँगै सभापतिबाट मन्तव्यसहित सभा बिसर्जन भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच