
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि शान्ति आवश्यक रहेको बताउनुभएको छ ।
शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ मा सहभागी हुन नेपाल आएको जापानी प्रतिनिधि मण्डलसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले युद्धले विनाश गर्ने र शान्तिले विकास गर्ने बताउनु भयो । उहाँले विश्वमा शान्ति छाओस् भन्ने नेपालको प्रवल इच्छा र सक्रिय प्रयास रहेको बताउनु भयो । उहाँले नेपाल र जपानबीचको सम्बन्ध अहिले बहुआयामिक ढंगले अघि बढेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘युद्धले विनाश गर्दछ, शान्तिले विकास गर्दछ । त्यसकारण विकासका लागि हामीलाई शान्ति चाहिएको छ । विश्वमा शान्ति छाओस् भन्ने प्रवल इच्छा र सक्रिय प्रयास पनि रहेको छ । अहिले हाम्रो सम्बन्ध बहुआयामिक ढंगले बढेको छ । हामी त्यहाँ नेपालीहरु अवसरका लागि पुगेका छन् । शिक्षा आर्जनका लागि पनि गएका छन् । अब आयात र निर्यात जस्ता कुराहरुको आदानप्रदान पनि भइरहेको छ । यसरी अब हामी एउटा नयाँ व्यापार विकासका साझेदारी हौँ । अब विकासको साझेदारीका लागि आइटी, एआईको जमानामा नयाँ ढंगले अघि बढिरहेका छौँ ।’
प्रधानमन्त्री ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुुग्ने बताउनुु भयो । गत एक दशकभन्दा बढी समयदेखि उद्यमशीलता प्रवद्र्धन र व्यवसायिक मार्गदर्शनमा सक्रिय रहेको आइडिया स्टुडियो नेपालअन्तर्गतको समूहद्वारा सञ्चालित लिडएक्स नेपाल र फोर्थ ल्भिायेको आयोजनामा यही फागुन १४ देखि १६ गतेसम्म जारी रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच