
लण्डन । सन् २०२५ को च्याम्पियन्स ट्रफीमा इंग्ल्याण्डको यात्रा राम्रो रहेन । पहिलो दुई खेल हारेर टोली प्रतियोगिताबाट बाहिरियो । शनिबार दक्षिण अफ्रिकाविरुद्धको अन्तिम खेलअघि जोस बटलरले प्रतियोगितापछि कप्तानीबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । बटलरलाई जुन २०२२ मा इयोन मोर्गनको उत्तराधिकारीका रूपमा नियुक्त गरिएको थियो र सोही वर्ष अष्ट्रेलियामा भएको टी-२० विश्वकप जितेको थियो ।
३४ वर्षीय बटलरले दक्षिण अफ्रिकाविरुद्धको खेलअघि शुक्रबार पत्रकार सम्मेलनमा कप्तानबाट राजीनामा दिने निर्णयको घोषणा गर्नुभएको हो । ‘मैले इंग्ल्याण्डको कप्तानी छोड्दैछु । यो मेरो र टोलीका लागि सही निर्णय हो । आशा छ कि अरू कसैले टोलीको नेतृत्व गर्नेछ र यसलाई आवश्यक पर्ने ठाउँमा लैजान्छ,’ उहाँले भन्नुभयो, ‘च्याम्पियन्स ट्रफीमा दुई पराजयपछि टोलीको यात्रा समाप्त भयो । यो हारबाट म दुखी छु । मेरो कप्तानीमा यो प्रतियोगिता महत्वपूर्ण हुने थियो तर त्यसो हुन सकेन ।’
पछिल्ला दुई वर्षमा आइसिसी प्रतियोगितामा इंग्ल्याण्डको प्रदर्शन केही खास रहेन । टोली लिग चरणमा सातौं स्थानमा रहेपछि २०२३ को एकदिवसीय विश्वकपबाट बाहिरिएको थियो । गत वर्ष टी-२० विश्वकपको सेमिफाइनलमा भारतसँग पराजित भएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच