विवादपछि ट्रम्पद्वारा जेलेन्स्कीसँग तत्काल प्रत्यक्ष वार्ता गर्न अस्वीकार

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार ह्वाइट हाउसमा भएको तनावपूर्ण झडपपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग तत्काल प्रत्यक्ष वार्ता गर्ने सम्भावनालाई अस्वीकार गर्नुभएको छ । युक्रेनले तत्काल युद्धविराम गर्नुपर्ने बताउनु भयो ।

जेलेन्स्कीले युद्धविरामबारे वार्ता गर्न नै नचाहेको उहाँको भनाइ छ । युक्रेन युद्धविराम चाहन्छ भने तत्काल युद्धविराम हुनसक्ने उहाँले बताउनु भयो ।

दुई पक्षीय वार्तामा भएको विवादबारे ट्रम्पसँग आफू माफी नमाग्ने जेलेन्स्कीले बताइसक्नुभएको छ । यस प्रकारको झगडा दुवै पक्षका लागि राम्रो नभएको उहाँको भनाइ छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?