
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य मोहनजंग थापा अमेरिकामा पक्राउ पर्नुभएको छ ।
थापा रास्वपा सभापति रवि लामिछानेसँग अत्यन्त निकट मानिनुहुन्थ्यो । थापा नेपालबाट अमेरिका जानेक्रममा पेन्सिल्भेनिया एअरपोर्टबाट पक्राउ पर्नुभएको हो ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार थापा अमेरिकन इमिग्रेसनको हिरासतमा पर्नुभएको छ । पक्राउ पर्नु अघि नै उहाँले केन्द्रीय सदस्यबाट बाहिर रहन निवेदन दिनुभएको समेत उहाँले जानकारी दिनुभयो । थापाले व्यक्तिगत र कानूनी प्रक्रियाहरू स्पष्ट र समाधान गर्नुपर्ने भएकाले किनारा नलागेसम्म केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिनुभएको उहाँले बताउनु भयो ।
बाल्टिमोरस्थित नेपालीहरूको छाता संगठन बानका पूर्वअध्यक्ष समेत रहनुभएको थापामाथि केही वर्षअघि सवारी चालक अनुमतिपत्र दुरुपयोग गरेको घटनामा मुद्दा चलेर जेलसमेत बस्नु परेको थियो ।
थापाले राष्ट्रसंघ महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा आरजु राणा देउवा न्युयोर्क गएका बेला कालो झण्डा देखाउने भन्दै सामाजिक सञ्जाल फेसबूकबाट आह्वान गरेपछि सुरक्षा चुनौतीका कारण उक्त कार्यक्रम स्थगित गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच