
काठमाडौं । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान देशभरको मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ।
‘हिमपातको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध छ,’ बुलेटिनमा भनिएको छ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच