
जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाका युवाहरूलाई रोजगारमुखी बनाउन 'मोटर ड्राइभिङ' तालिम दिएको छ।
प्लान इन्टरनेशनल नेपालको सहयोग,आत्म सम्मानका लागि सहकार्य (क्याड) जुम्ला र कनकासुन्दरी गाउँपालिका जुम्लाको समन्वयमा एक महिने मोटर ड्राइभिङ तालिमको दिएको क्याड नेपाल जुम्लाका अध्यक्ष कृष्ण बहादुर महतले जानकारी दिनुभयो । ८ जना बेरोजगार युवालाई रोजगारमुखी बनाउन गाउँपालिकाको समन्वयमा क्याड नेपाल जुम्लाले मोटर ड्राइभिङ तालिमको व्यवस्था गरेको हो।
युवालाई स्वरोजगार बनाउन आत्म सम्मानका लागि सहकार्य क्याड जुम्लाको शसत्त बालिका परियोजनाले कर्णाली मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर जुम्लाबाट तालिम प्रदान गरिएको अध्यक्ष महतले बताउनुभयो ।
ड्राइभिङ तालिम लिन बेरोजगार युवाको चाहना निकै बढेको छ । १ महिने ड्राइभिङ तालिम लिएपछि सवारी चलाउनमा निकै मद्दत पुग्ने कनकासुन्दरी गाउँपालिका- ३ का स्थानीय युवा सरस्वती बुढाले जानकारी दिनुभयो । सिकेका कुरालाई लागू गर्ने आवश्यक रहेको छ।
पालिकाले यहाँका बेरोजगार युवालाई आत्मनिर्भर बनाउन विभिन्न सिपमुलक तालिम दिइने गरेको कनकासुन्दरी गाउँपालिका उपाध्यक्ष प्रेमकली बुढाले जानकारी दिनुभयो । राज्यले विभिन्न प्रकारका युवा लक्षित कार्यक्रम ल्याउने गरेको छ। तालिमबाट जानेका सीप सदुपयोग गर्ने आवश्यक रहेको नेपाल पत्रकार महासंघ जुम्ला अध्यक्ष पुर्ण प्रसाद चौलागाईको भनाइ छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच