
काठमाडौं । सिलिकन एजुकेसन नेटवर्कले नेपालमा आफ्नो उपस्थिति विस्तार गर्दै काठमाडौंको बानेश्वरमा छैटौं शाखा उद्घाटन गरेको छ । उद्घाटन समारोहमा क्युओडङ युनिभर्सिटी ग्लोबका अध्यक्ष प्रा.डा. जोन के लि र सोही युनिभर्सिटीका डिन जुरेभ रिरोज्द्धीन, सिलिकन एजुकेसन नेटवर्कका सहसंस्थापक विवश शमशेर कुँवर र सुरेन खड्गी तथा सिइओ आशिष शमशेर कुँवरको उपस्थिति रहेको थियो ।
बानेश्वर शाखाका प्रबन्ध निर्देशक सुयस राजकर्णिकारले संस्थाको शैक्षिक उत्कृष्टता र समग्र विद्यार्थी विकासप्रति अडिग प्रतिबद्धता व्यक्त गर्दै नयाँ शाखाले शिक्षण स्रोत थप सशक्त बनाउने बताउनुभयो ।
त्यसैगरी सिलिकनका आइइएलटीएस इन्ट्रक्टर तथा एकेडेमिक कन्सुलर सृष्टि कार्कीले नयाँ शाखाले विद्यार्थीको शैक्षिक तथा व्यक्तिगत विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । विश्वविद्यालयका प्रतिनिधिहरूले पनि प्रयासको प्रशंसा गर्दै शाखाले स्थानीय शिक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच