
सर्लाही । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा लालबन्दी जेसीजले एक कार्यक्रम आयोजना गरी समाजमा उल्लेखनीय योगदान पुर्याउँदै आएका नौ जना महिलालाई कदर-पत्रसहित सम्मान गरेको छ।
लालबन्दी नगरपालिकाभित्रका फरक शारीरिक क्षमता तथा सामाजिक अवस्थाका बीच समाजमा सक्रिय र अनुकरणीय कार्य गर्दै आएका महिलाहरूलाई सम्मान गरिएको हो। जेसीजकी अध्यक्ष सुनिता कुमारी खरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री तथा मधेश प्रदेश सभा सदस्य बेची लुङ्गेली, विशिष्ट अतिथि लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने तथा महिला अधिकारका क्षेत्रमा सक्रिय विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
पुरानो नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा फरक शारीरिक क्षमता भए पनि विभिन्न क्षेत्रमा योगदान पुर्याएका महिलाहरूलाई सम्मान गरिएको हो। सम्मानित हुनेहरूमा स्वास्थ्य सेवामा कार्यरत स्मिता उप्रेति र पदमा कुमारी आचार्य, वित्तीय क्षेत्रमा कार्यरत मनिषा खड्का, शिक्षण पेशामा संलग्न तारा वाइबा, एकल महिला कर्मचारी आशादेवी पौडेल, विगत सात वर्षदेखि मयूरी चालक पेशा गर्दै आएकी देवी वाइबा, राष्ट्रिय रग्बी खेलाडी रोजिना पोखरेल तथा महिला प्रहरी रेणु फुयाल र लक्ष्मी गोले रहेका छन्।
यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसको नारा ूसबै महिला र छोरीहरूको लागिस् अधिकार, समानता र सशक्तीकरणू रहेको छ। कार्यक्रममा बोल्दै अतिथिहरूले महिलाहरूको भूमिका, योगदान र सशक्तीकरणको आवश्यकता बारे जोड दिएका थिए।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच