
पेरिस । फरवार्ड किलियन एमबाप्पेले फ्रेन्च टोलीमा पुनरागमन गर्नुभएको छ । प्रशिक्षक डिडियर डेसच्याम्प्सले एमबाप्पेलाई समेट्दै युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियाविरुद्ध खेल्ने टोली घोषणा गर्नुभएको हो ।
एमबाप्पेले पछिल्ला दुई अन्तर्राष्ट्रिय खेल गुमाउनुभएको थियो । यस्तै विंगर डिजायर डोएले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउँदा रक्षकहरू लुकास डिग्ने र विलियम सालिबाले पनि पुनरागमन गर्नुभएको छ । फ्रान्सले मार्च २० र २३ मा क्रोएसियाको सामना गर्दैछ ।
फ्रेन्च टोलीमा माइक मैगनन, ब्रिस साम्बा र लुकास चेभालियर गोलकिपर हुनुहुन्छ । लुकास डिग्ने, थियो हर्नान्डेज, इब्राहिमा कोनाटे, विलियम सलिबा, डायोट उपमेकानो, जोनाथन क्लाउस, बेन्जामिन पाभार्ड र जुलेस कुन्डे रक्षक हुनुहुन्छ ।
यसैगरी ओरेलियन चुवामेनी एडुआर्डो कामाभिंगा, माटिओ गुएन्डोजी, एड्रियन राबियोट, वारेन जाइरे-एमेरी र मनु कोने मिडफिल्डर रहनुभएको छ । किलियन एमबाप्पे, मार्कस थुर्रम, ब्राडली बार्कोला, डिजायर डोए, राण्डल कोलो मुआनी, माइकल ओलिसे र ओस्माने डेम्बेले फरवार्ड हुनुहुन्छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच