
‘सम्पदा दर्शन’ बालनियात्रा सङ्ग्रह हो । यस पुस्तकको नियात्राकार सुशीला देउजा हुनुहुन्छ । डिएमआई साइजको यस पुस्तकको छपाइ स्तरीय छ तर कतै कतै अशुद्धिहरू भने भेटिन्छन् । पहेँलो हलुका कागजको प्रयोग भएको यस पुस्तकमा चित्राङ्कन अबिन श्रेष्ठको रहेको छ भने भाषा सम्पादन कात्तिकेय घिमिरेले गर्नुभएको छ । बालसाहित्य प्रतिष्ठान नेपाल कालोपुल काठमाडौं प्रकाशक रहेको यस पुस्तकको लेआउट रश्मि श्रेष्ठको रहेको छ । सर्वाधिकार प्रकाशकमा रहेको यस पुस्तकको यो पहिलो संस्करण हो जुन २०७७ साल चैतमा प्रकाशित भएको हो र यसको एक वर्षपछि २०८० सालमा यसको दोस्रो संस्करण पनि आएको छ ।
पुस्तकको आवरण आकर्षक छ । सेतो पृष्ठभूमिमा नेपालका विभिन्न मठमन्दिरहरूको स्केच छ भने बीचमा ठूला स्वर्णाक्षरमा पुस्तकको नाम ‘सम्पदा दर्शन’ भनेर राखिएको छ । एकजना आमाले आफ्नो बच्चालाई हातले डोहो¥याएर यी मठमन्दिर घुमाउँदै गरेको चित्राङ्कित भएको आवरणमा तल नियात्राकार सुशीला देउजाको नाम अङ्कित गरिएको छ । आवरणको माथि प्रकाशक संस्थाको लोगो राखिएको छ ।
पृष्ठ आवरणमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको भनाइ राखिएको छ भने त्यसमुनि लेखक देउजाको भनाइ पनि राखिएको छ । तल प्रकाशक संस्था बालसाहित्य प्रतिष्ठानको नाम र लोगो राखिएको छ । यस पुस्तकका भूमिका खण्डमा चार र पाठ्य खण्डमा ९४ गरी जम्मा १०२ पृष्ठ छन् । यसको मूल्य ३०५ रुपैयाँ राखिएको छ । पुस्तक ‘सम्पूर्ण बालबालिकालाई मायालु उपहार’ भनेर बालबालिकालाई नै समर्पण गरिएको छ भने त्यसपछि विषयसूची राखिएको छ । पुस्तकमा भूमिका लेखकहरू पनि रहनुभएको छ तर उहाँहरूको भनाइलाई पछाडि राखिएको छ ।
पुस्तकमा १० वटा नियात्रा छन् । वास्तवमा नेपालको विश्व सम्पदा सूचीमा सूचीकृत भएका दशवटा मठ, मन्दिर स्तूप तथा राष्ट्रिय निकुञ्ज छन् । जसमा चाँगुनारायणको मन्दिर, पशुपतिनाथको मन्दिर, भक्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, काठमाडौं दरबार क्षेत्र, स्वयम्भूनाथ, बौद्धनाथ, लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज छन् ।
भूमिकामा सत्यमोहन जोशीको ‘आशीर्वचन’, नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीको ‘शुभकामना’, नारी साहित्य संस्था गुञ्जनको अध्यक्ष हिरण्यकुमारी पाठकको ‘सम्पदा दर्शनका लेखकलाई शुभकामना’, नियात्रा समाज नेपालको अध्यक्ष प्रतीक ढकालको ‘सम्पदा डुलाउने सुशीला दिदी, यात्री अनुसन्धनन केन्द्रका अध्यक्ष डा.शैलेन्दुप्रकाश नेपालको ‘शुभेच्छा’, धु्रवकुमार घिमिरेको ‘बाल नियात्राको सङ्ग्रहणीय पुस्तक’ बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानको ‘देश चिन्नका लागि सम्पदा दर्शन’ र लेखक सुशीला देउजाको ‘लेखकको विचार’ रहेका छन् ।
अन्तिममा यस पुस्तकको प्रकाशक संस्था बाल साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष तथा यस पुस्तकको सम्पादक कार्तिकेय घिमिरेको ‘मेरो देश नेपालप्रति मलाई गर्व छ’ शीर्षकमा प्रकाशकीय रहेको छ । यसरी भूमिका वा मन्तव्य खण्डमै विभिन्न नौजनाको विचार समेटिएको पाइन्छ । पाठ्य खण्डमा विभिन्न १० वटा नियात्रा रहेका छन् । यी नियात्राहरू भन्नु नै वास्तवमा नेपालको विश्व सम्पदा सूचीमा सूचीकृत भएका दशवटा मठ, मन्दिर स्तूप तथा राष्ट्रिय निकुञ्ज छन् । जसमा चाँगुनारायणको मन्दिर, पशुपतिनाथको मन्दिर, भक्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, काठमाडौं दरबार क्षेत्र, स्वयम्भूनाथ, बौद्धनाथ, लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज छन् । पुस्तकमा यी धार्मिक तथा सांस्कृति सम्पदा तथा प्राकृतिक स्थलका रूपमा चिनारी दिइएको छ ।
यी ठाउँहरूको यात्रा नगरेका र यिनको बारेमा पढ्न नपाएकाहरूका लागि यिनको बारेमा जानकारी गराइएको हुँदा यो पुस्तक बालबालिकाहरूका साथै तथ्यतथ्यांकसमेत प्राप्त हुने हुँदा प्रौढहरूकै लागि यो एउटा उपयोगी पुस्तक बन्न पुगेको छ । यसबाट सामान्य जानकारीका लागि बालक तथा प्रौढहरू सबै लाभान्वित बन्न सक्नेछन् भने बालबालिकाका लागि नै लेखिएको पुस्तक भएको हुँदा बालक बढी लाभान्वित बन्ने नै भए । यसका लागि लेखक, सम्पादक तथा प्रकाशक सबै धन्यवादका पात्र बन्न पुग्नुभएको छ । यस्ता लेखन फेरि फेरि पनि आइरहून् । लेखकलाई हार्दिक शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच