
काठमाडौं । नेपाल डेरी एसोसिएसन र रैथाने एग्री प्रडक्ट्स नेपाल प्रालिबीचको सम्झौताअनुसार प्रत्येक शनिबार काठमाडौंको दरबारमार्गस्थित ओरियन्ट होटलमा आयोजना हुने रैथाने कृषि उपज बिक्रीवितरण हाट बजारमा प्रत्यक्ष ठेकीमा मोही तुल्याई निःशुल्क सेवन गराउने कार्यक्रममा दही उपलब्ध गराउने गरेको छ । शनिबार आयोजित कार्यक्रमबीच नवप्रभात डेरी उद्योग ललितपुरले लेबलिङ र प्याकेजिङमा ‘प्रभात मोही’ को बिक्री सुरु गरेको हो ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, उद्योग उद्योग वाणिज्य महासंघअन्तर्गत कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेत, केन्द्रीय सदस्य पशुपतिदेव पाण्डे, कमला श्रेष्ठ, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रहृलाद दाहाल, उपाध्यक्ष दीपप्रसाद धमला, बागमती प्रदेशका अध्यक्ष टीकाप्रसाद घिमिरे, केन्द्रीय सदस्य शिव घिमिरे, केन्द्रीय पदाधिकारी, बागमती प्रदेशका पदाधिकारी, नुवाकोटका अध्यक्ष दिपक ढुंगाना एवं पदाधिकारी साथै डेरी उद्यमीहरूको उपस्थिति रहेको थियो ।
शनिबार आयोजित कार्यक्रमबीच नवप्रभात डेरी उद्योग ललितपुरले लेबलिङ र प्याकेजिङमा ‘प्रभात मोही’ को बिक्री सुरु गरेको हो ।
कार्यक्रममा एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रहृलाद दाहालले एउटा ठूलो सपना मोहीलाई ब्राण्डिङ गरी हरेक उपभोक्ताको हात–हातमा पुर्याउने लक्ष्य पूरा भएको भन्दैै सबैलाई ढुक्क भएर बजारमा उपलब्ध मोही उपभोग गर्न आग्रह गर्नुभयो । कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतले डेरी एसोसिएसनले दूध तथा दुग्ध पदार्थ विविधिकरण गरी बजारमा पु¥याउन धेरै ठूलो मिहिनेत गरेको बताउनुभयो भने महासंघ सदस्य कमला श्रेष्ठले महासंघमा रहेका वस्तुगत सदस्यमा डेरी एसोसिएसनले सबैभन्दा अग्रस्थानमा रही काम गर्ने गरेको भन्दै अध्यक्ष दाहालको काम कारबाहीको प्रशंसा गर्नुभयो । अर्का केन्द्रीय सदस्य पशुपतिदेव पाण्डेले आमउपभोक्ता सबैलाई स्वास्थ्यलाई हित गर्ने मोही सेवन गर्न आग्रह गर्नुभयो भने रैथानेका अध्यक्ष तिलक ढकालले समग्र कृषि क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्ने र अझ दुग्ध क्षेत्र कृषिभित्रको पनि एक प्रमुख क्षेत्र रहेको बताउनुभयो । महासंघका उपाध्यक्ष हेमराज ढकालले धेरै वर्षपछि ठेकीमा प्रत्यक्ष मोही तुल्याउँदा गाउँघरमा बुबा, आमा, हजुरबुबा, हजुरआमाले मोही तुल्याएको याद आएको भन्दै महासंघले ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रम ल्याई मौलिक उत्पादन संरक्षण गरेको बताउनुभयो ।
एसोसिएसनले सुरु गरेको मोही अभियान अहिले देशभरि फैलिएको र त्यसैको प्रभावले बाहिर जिल्ला एवं शनिबारदेखि औद्योगिक क्षेत्र पाटनमा रहेको नवप्रभात डेरी उद्योगले ‘प्रभात मोही’ बजारमा ल्याएको भन्दै गुणस्तरमा ध्यान दिन आग्रह गरेको छ । डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष धमला, बागमती प्रदेशका अध्यक्ष घिमिरे, डेरी एसोसिएसन नुवाकोटका अध्यक्ष दिपक ढुंगानालगायतले अब नेपालमा कृषि क्षेत्रको विकास हुनुपर्ने र सबै किसान, कृषि क्षेत्रका उद्योगमा सरकारको सहयोग हुनुपर्नेमा जोड दिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच