शान्तिकामी गौतम बुद्ध

विश्वनाथ खरेल
Read Time = 10 mins

विश्वमा अहिले शान्तिका अग्रदूत गौतम बुद्धको खाँचोलाई महसुस गरिरहेको छ । जुन भूमिबाट गौतम बुद्धले विश्व-शान्तिका लागि आफ्नो अभियान प्रारम्भ गरेका थिए, त्यहि भूमिमा आज शान्तिको कुनै आभाष छैन जुन सबै नेपालीहरूको लागि दुःख र आत्मा ग्लानिको कुरा हो । फलतः शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध भन्नुहुन्छ-सज्जनको संसर्गबाट नै ज्ञान प्राप्त हुन्छ । यसै अनुरूप बुद्व भन्ने गर्नुहुन्थ्यो राम्रो काम गर्नका लागि नै मानिसको जन्म भएको हो । अन्यथा पशुपक्षीको जीवन र मानिसको जीवनमा के नै फरक भयो र ? मानिसलाई ईश्वरले राम्रो कामको लागि नै यस धर्तिमा पठाएका हुन् ।

राम्रो काम गर्नु र लोकको सेवा गर्नु प्रत्येक मानवको नैसर्गिक अधिकार र कर्तव्य हो । जगतको कल्याण एवं सुख प्राप्ति केबल अंहिसाबाट मात्र संभव छ । समयको मार्ग अपनाउने व्यक्ति नै महान हुन्छ । हिंसाको बाटो अपनाउने व्यक्तिले एकछिन् चिन्ताको अनुभव गरे तापनि अन्ततः नासको फल कष्टप्रद नै हुन्छ । यसरी सत्य बैशाख पूर्णिमा वास्तवमै पावन दिन हो जुन दिन महामानव गौतम बुद्धका जन्म बोधिज्ञान प्राप्त र महापरिनिर्वाण भएको थियो । यसरी तिनै योग एकै दिनमा परेका संसारमा बिरलै पाइन्छन् । यस्तो अलौकिक शक्ति पाएका महामानव गौतम बुद्धको सम्झनामा विश्वले वैशाख पूर्णिमाको अवसरलाई बुद्वजयन्तीको रूपमा मनाउँने गर्दै आएको छ ।

गौतम बुद्ध राजा शुद्धोधनको एकमात्र छोरा थिए । यिनी कपिलवस्तु राज्यमा इसापूर्व २५६६ वर्ष पहिले मायादेवीको कोखबाट जन्मेका थिए । यिनको नाम सिद्धार्थ थियो । यिनी शाक्य राजावंशका राजकुमार थिए । यिनी विलक्षण प्रतिभाशाली व्यक्तित्व भएका थिए । यिनी गरिबगुरुवा व्यक्तिहरूलाई कसरी उदार गर्न सकिन्छ भन्ने चिन्तन मनन अहोरात्र गरिरहन्थे । उनका पिताले आफ्नो छोराको संन्यासी रूप धारणा गर्ने देखेर २१ वर्षको उमेरमै यशोधरा नामकी एक राजकुमारीसँग विवाह गरिदिए ।

यसरी यिनले दश वर्षसम्म घर व्यवहारमा गृहस्थिको रूपमा जीवन विताए । यिनले बिरामी, बुढोको साथै एक दिन मुर्दा देखेर चिन्ताले यिनको दिलमा निकै नै ठूलो चिसो पस्यो । यी सबैकुरालाई देखेर मानिस किन यस्तो झन्ंझटमा फस्दछन् यसभन्दा त संयासी हुनु नै राम्रो हो । यसरी समयले आफ्नो गति लिइरहेको थियो । यिनको तीस वर्षको उमेरमा एउटा छोराको जन्म भयो । यसर्थ छोराप्रति माया र मोहको जालोले फसिएला भनेर एक दिनमध्ये रातमा आफ्नो घर छोडेर ज्ञानको खोजिमा हिँडे ।

त्यसपछि उनको संसारप्रति भोग विलासलाई परित्याग गरी एउटा ब्राहृमणको चेलो बने । उनी धुम्दै फिर्दै बोधगाया भन्ने ठाउँमा पुगे । उनले यसै बृक्षको बोटमुनि बसेर छ वर्षसम्म कठोर तपस्या गरेर बसे । यसै कारणले गर्दा ज्ञान प्राप्त भयो । त्यसरी आफूले प्राप्त गरेको ज्ञानलाई सबैलाई सुनाउन हिँडे । यसै बेलादेखि यिनलाई गौतम बुद्धको नामले प्रख्यात भए । यसबेला उनको उमेर ३७ वर्षको थियो । आपूmले प्राप्त गरेको ज्ञानलाई संसारभरि फैलाउन मानववर्गमा रहेको दुःख तथा बेदनालाई हटाउन नेपाललगायत सारा विश्वका बौद्ध धर्मावलम्बीलाई प्रचारप्रसार गर्दै हिँडे ।

नेपालको गौरवलाई ऐतिहासिक आधारमा विवेचना गर्दा यहाँ बौद्ध धर्मावलम्बीको गौरव गाथाले आज पनि उत्तिकै प्रेरणा दिएको छ । शान्तिनायक गौतम बुद्धको आज विश्वमा जुन प्रतिष्ठा आर्जित भएको छ । त्यसबाट बौद्ध संस्कृति नेपालको गरिमा पनि उत्तिकै महान रहेको छ । भगवान् गौतम बुद्धले यस तपोभूमिको कुशिनगरलाई ८० वर्षको उमेरमा छोडेर गए । शान्तिका अग्रदूत भगवान्् गौतम बुद्ध भन्नु हुन्छ- ‘सज्जनको संसर्गबाट नै ज्ञान प्राप्त हुन्छ ।’

यसै अनुरूप बुद्ध भन्ने गर्नुहुन्थ्यो राम्रो काम गर्नका लागि नै मानिसको जन्म भएको हो । अन्यथा पशुपक्षीको जीवन र मानिसको जीवन के नै फरक भयो र मानिसलाई पुर्खाले राम्रो कामका लागि नै यस धर्तीमा पठाएका हुन । राम्रो काम गर्नु र लोकको सेवा गर्नु प्रत्येक मानवको नैसर्गिक अधिकार र कर्तव्य पनि हो ।

ब्रम्हाण्डको कल्याण एवं सुख प्राप्ति केवल अहिंसाबाट मात्र सम्भव छ । समयको मार्ग अपनाउने व्यक्ति नै महान हुन्छ । हिंसाको बाटो अपनाउने व्यक्तिले एकछिन् आनन्दको अनुभव गरे तापनि अन्तत त्यसको फल कष्टपद नै हुन्छ । यसरी सत्य भगवान् हो यो नै कीर्तिको मूलद्वार र स्वर्गद्वार प्राप्तिको बाटो हो । मूलतः ज्ञान, दर्शन, राम्रो चरित्र र आत्मा नै शास्वत छ । अतः अहिंसा र संयको अर्थ नै धर्म हो ज्ञान र कृपाको समन्वयबाट मोक्ष प्राप्त हुन्छ । यसर्थ कसैको निन्दा चर्चा वा अवहेलना कहिल्यै नगर्नु भन्ने कुरा बुद्धका वाणीहरूमा स्पष्ट रूपमा उल्लेख गरिएको छ ।

प्रत्येक साल वैशाख पूर्णिमा दिनलाई बुद्ध जयन्तीको रूपमा मनाइँदै आएको कुरा सबैलाई विदितै छ । यससाल भने २५६६औं बुद्ध जयन्ती वैशाख २ गते २०७९ मा भव्यताका साथ मनाउन बौद्धमार्गीहरू लगायत सम्पूर्ण हिन्दूहरू पूृर्ण तयारीमा छन् । तर, यससाल भने विश्वभर मडारिएको कोरोना भाइरस घट्दो रूपमा रहेको छ । यो शुभ अवसरमा हामी सबैले हृदयदेखि उहाँको विचारधारालाई मनन गरौँ । यस दिनलाई बुद्ध जयन्ती वा चण्डीपूर्णिमाको नामबाट पनि चिनिन्छ । यो खासगरीकन भगवान् गौतम बुद्धको महानिर्वाण प्राप्त गरेको स्मृतिमा वैशाख पूर्णिमाको दिन मनाइन्छ ।

यस धर्तीमा महापुरुषको जन्म बिरलै हुन्छ । यिनले विश्वमा सत्यको प्रतिष्ठापन हिसापूर्ण वातावरणको अन्त्य तथा शान्ति र समृद्धिपूर्ण विश्व समाजको स्थापनाका लागि जुन त्याग र बलिदानपूर्ण ओजस्वी भावना मुखरित गराउनु हो । त्यसकारण विश्वलाई पथ प्रदर्शनको बाटो देखाउने एक महामानवको सधैं सम्झना गर्ने प्रण गरौँ । गौतम बुद्धको सन्देशहरूले फेरि पनि मानव जातिलाई अहिंसा, मित्रता र शान्तितर्फ लाग्ने प्रेरणा त दिए तर मानव समुदाय भने बुद्धबाट झन्झन् टाढिँदै गइरहेको झैं लाग्छ ।

फलतः अशिक्षा, गरिबी, हिंसा, विभाजनबाट प्रताडित विश्वसामु २५ शताब्दीअगाडि सिद्धार्थ गौतमले प्रस्तुत गरेका विचारहरू वर्तमान समस्या समाधान निम्ति अचूक मन्त्र बन्न सक्छन् तर तिनको पालनामा भन्दा पाठ गर्नमा गौतम बुद्धको योगदानलाई सीमित गरिएको प्रतीत हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?