
काठमाडौं । राप्रपा नेपालका प्रवक्ता एवं पुराना राजनीतिकर्मी बसन्तमान सिंह अधिकारीको निधन भएको छ । हाल अमेरिकाको बोस्टनमा रहनुभएका अधिकारीलाई जन्डिस देखिएपछि त्यहाँकै एक अस्पतालमा भर्ना गरिएको थियो । तर, उहाँको लिभरमा थप समस्या आएपछि उपचारकै क्रममा निधन भएको हो ।
अधिकारीको निधनले सिंगोे पार्टी र राष्ट्रवादी आन्दोलनलाई अपूरणीय क्षति पुगेको राप्रपा नेपालले जनाएको छ । राप्रपा नेपालका महामन्त्री एवं सचिवालय प्रमुख राजाराम बर्लौलाले एक विज्ञप्ति जारी गर्दै राप्रपा नेपालले एक असल, भद्र तथा प्रखर राष्ट्रवादी ब्यक्तित्व गुमाएको जनाएको छ । उहाँले पहिले अनेरास्ववियुबाट राजनीति सुरु गर्नुभएको थियो ।
अधिकारीको निधनमा पार्टीले केन्द्रीय कार्यालयका साथै देशभरका कार्यालयमा तीन दिन पार्टीको झण्डा झुकाउने र १३औँ दिनमा शोकसभा आयोजना गर्ने निर्णय गरेको छ । अधिकारीको जन्म २०१३ सालमा संखुवासभामा भएको थियो । ६८ बर्षीय अधिकारीका एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ । अधिकारीको अन्त्येष्टि अमेरिकामै गरिएको पार्टीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच