विश्व मुख स्वास्थ्यमा पेप्सोडेन्टको सचेतना

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पेप्सोडेन्ट नेपालले विश्व मौखिक स्वास्थ्य दिवस २०२५ का अवसरमा देशभर विभिन्न कार्यक्रम र डिजिटल अभियान आयोजना गरेको छ । पेप्सोडेन्ट नेपालले डेन्टल स्टुडेन्ट्स सोसाइटी नेपाल (डिएसएसन )सँगको सहकार्यमा गुहृयेश्वरी मावि सिनामंगल, बिआइए इन्स्टिच्युट जोरपाटी र चितवन मेडिकल कलेज, चितवनमा मुखको स्वास्थ्यका लागि सचेतना कार्यक्रम र निःशुल्क दन्त शिविर आयोजना गरेको छ ।

मार्च २० विश्व मौखिक स्वास्थ्य दिवसका दिन पेप्सोडेन्टले डिएसएसन र नेपाल डेन्टल एसोसिएसनसँगको सहकार्यमा वसन्तपुरबाट नक्सालसम्म दुई सय ५० दन्त चिकित्सक र विद्यार्थीको सहभागितामा ‘रन फर ओरल हेल्थ’ म्याराथन आयोजना गरेको छ । कार्यक्रमको लक्ष्य पोषण र मुखको स्वास्थ्य सम्बन्धलाई उजागर गर्नु रहेको थियो । साथै यो सहकार्यले ‘स्माइल गार्जियन प्रोजेक्ट’मा पनि योगदान गर्नेछ, जसअन्तर्गत नेपालका १५ अनाथ आश्रममा रहेका १५ सय अनाथ र विपन्न बालबालिकालाई दन्त उपचार प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पेप्सोडेन्ट नेपालले डिएसएचएएनसँग मिलेर मार्च १८ मा १८ सयभन्दा बढी ट्राफिक प्रहरीलाई निःशुल्क दन्त जाँच प्रदान गरी दन्त स्वास्थ्य किट वितरण गरेको थियो । साथै विश्व मुख स्वास्थ्य दिवसका दिन पोखरामा तेस्रो अन्तर्राष्ट्रिय ओरल हेल्थ समिट २०२५ आयोजना गरेको छ । सो अवसरमा नेपालका विभिन्न प्रदेशका दुर्गम क्षेत्रहरूमा रहेका मुसहर, राउटे र चेपाङलगायत विपन्न आदिवासी समुदायलाई निःशुल्क दन्त परीक्षणका साथ दन्त स्वास्थ्य किट पनि वितरण गरिएको कम्पनीले जनाएको छ ।

गत वर्षजस्तै पेप्सोडेन्टले यस वर्ष पनि आफ्नो ‘ब्रस एण्ड ग्रुभ’ डिजिटल अभियानलाई निरन्तरता दिएको छ । जसमा मानिसलाई आफ्ना मन पर्ने गीतमा नाच्दै खुसीसाथ दाँत माझ्न प्रोत्साहित गरिएको थियो । सामाजिक सञ्जालका सात प्रभावशाली इन्फ्लुएन्सर र विभिन्न कन्टेन्ट क्रिएटर्सको सहभागितामा अभियानले हालसम्म १० लाखभन्दा बढी रिचर, २० लाखभन्दा बढी इम्प्रेसन हासिल गरिसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?