
विराटनगर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रेस चौतारी नेपालको नेतृत्वका लागि सहमति नै आवश्यक रहेको बताउनु भएको छ ।
अहिले एकताको खाँचो रहेको बताउँदै उहाँले सहमतिबाटै नेतृत्व चयन गर्न आग्रह गर्नुभयो ।
आज प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनको विराटनगरमा उद्घाटन गर्दै एमाले महासचिव पोखरेलले यस्तो आग्रह गर्नुभएको हो ।
‘महाधिवेशन आजका दिनमा जुन परिस्थितिमा हुँदै छ, अहिले हामीलाई एकता चाहिएको छ’, उहाँले भन्नुभयो, ‘हामीलाई प्रतिस्पर्धा होइन, सहमति चाहिएको छ । अहिले कांग्रेस र एमाले मिलिरहेका छन् । यो अवस्थामा सर्वसम्मत र एकताबद्ध रूपमा नेतृत्व निर्वाचित गर्नु होला ।’
सबैलाई एकताबद्व हुन आग्रह गर्दै महासचिव पोखरेलले संगठन छरितो र गतिशील चाहिने बताउँदै प्रेस चौतारी नेपालको आकार सानो र चुस्त हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीलाई एकताबद्ध संगठन चाहिएको छ । सबैलाई एकताबद्ध गर्न जरुरी छ । हिजोको विभाजनको पीडा सम्झिऊँ । चुनाव होइन सहमति गरौँ । तपाईँहरूको संगठन तपाईँले बनाउने हो । एकताबद्ध र छरितो बनाउनुस् ।’
सञ्चार क्षेत्रले तथ्य र सत्यमा विश्वास गर्नुपर्ने पोखरेलले बताउनुभयो । सञ्चारकर्मीले सत्य र तथ्यलाई स्थापित गर्नु पर्ने बताउँदै सञ्चार क्षेत्र हावाको भरमा चल्नु नहुने स्पष्ट पार्नुभयो । सञ्चार क्षेत्रले र अव विकास र समृद्धिको एजेण्डा लिएर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
महासचिव पोखरेलले वर्तमान सरकार केवल सरकार चलाउनको लागि मात्र नबनेको समेत बताउनुभयो । लोकतान्त्रिक प्रणाली माथि नै चुनौती उत्पन्न भएको कारण देशका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार बनाएको उहाँले स्पष्ट पार्नुभयो ।
‘कांग्रेस र एमाले पहिलो पटक मिलेका होइनन्, जब देशलाई संकट पर्छ, तब कांग्रेस र एमाले मिल्ने गर्दछन्’, पोखरेलले भन्नुभयो ।
प्रतिनिधि निर्वाचन मार्फत नेतृत्व छान्नु पर्ने पक्षमा
चौतारीको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष गणेश पाण्डे र राजेश राईले उम्मेदवारी घोषणा गरिसकेका छन् । यसअघि राईलाई अध्यक्ष बनाउने तयारीसहित पाण्डेलाई एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिवको जिम्मेवारी दिइएको थियो । तर अध्यक्ष केपी शर्मा ओलीले पाण्डेलाई अध्यक्ष बनाउन निर्देशन दिएपछि फागुन २८ गते सचिवमा मनोनीत पाण्डेले चौतारीको अध्यक्ष उठ्ने भएकाले दोहोरो जिम्मेवारीमा नरहने भन्दै चैत ८ गते राजीनामा दिनुभएको थियो ।
यता केन्द्रीय नेतृत्वले सर्वसम्मत रुपमा नेतृत्व छनोट गर्न निर्देशन भइरहेको बेला महाधिवेशन प्रतिनिधि भने निर्वाचन मार्फत नेतृत्व छान्नु पर्ने पक्षमा छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच