पर्वत । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जलजला गाउँपालिका-९ बनौ घर भई कुश्मा नगरपालिका-६ राम मन्दिर चोक डेरा गरी बस्ने १९ वर्षीय विजय फगामी मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले ती बालिकालाई गत मंसिर ३ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी पाँचथरमा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हिलिहाङ गाउँपालिका-४ घर भएका २६ वर्षीय दोर्ण रसाईलीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । रसाईलीले ती बालिकालाई फिदिम नगरपालिका-२ रमिते डाँडास्थित रमिते होटलको कोठामा बिहीबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच