
काठमाडौं । धनुषा क्षिरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुरका शिवशंकर महतोको वीभत्स हत्या प्रकरणमा उनकै श्रीमती पक्राउ परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जयसवारले शिवशंकरकी श्रीमती सिर्जनालाई पक्राउ गरिएको बताउनु भयो ।
गत शुक्रबार साँझ महोत्तरीको गौशाला नगरपालिका–८ मा रहेको सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको रेलवे ट्र्याक भन्दा एक सय मिटर पर २५ वर्षिय शिवशंकरको शव फेला परेको थियो । उनको टाउकोमा खुकुरी प्रहार गरिएको र जलाइएको अवस्थामा फेला परेको थियो ।
प्रहरीका अनुसार मृतक शिवशंकर श्रीमती सिर्जना ससुराली जाँदै थिए । त्यसबीचमै घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । उनी ससुराली पुगे/नपुगेको प्रहरीले केही खुलाएको छैन ।
हत्या भएका शिवशंकर करिब डेढ महिना पहिला मात्रै मुम्बईबाट धनुषा आएका थिए ।
हत्यामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच