भीड व्यवस्थापनका लागि काठमाडौं जिल्ला अदालतमा टोकन प्रणाली शुरु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं जिल्ला अदालतले टोकन प्रणाली शुरुवात गरेको छ ।

सोमवारबाट जिल्ला अदालत काठमाडौंले अदालतलाई व्यवस्थित र सेवाग्राहीलाई सहज सेवाका लागि टोकन प्रणालीको शुरुवात गरेको जनाएको हो । टोकन प्रणालीको शुरुवात गरेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै काठमाडौं जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलले अदालतमा आउने सेवाग्राहीले सेवा लिँदा भीड नहोस् भनेर टोकन प्रणालीको शुरुवात गरेको बताउनु भयो । उहाँले काठमाडौं जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउनुपर्छ योजनाअनुसार आफूहरु अघि बढेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ काठमाडौं जिल्ला अदालतलाई व्यवस्थित र सहजीकरण होस् भनेर, सेवा लिने दिने क्रममा भीड नहोस् भनेर काठमाडौं जिल्ला अदालतमा टोकन प्रणाली शुरु भएको छ । काठमाडौं जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउनुपर्छ भन्ने कन्सेप्टमा हामी अघि बढेका छौँ । न्याय प्राप्तिका लागि काठमाडौं अदालत प्रवेश गर्दै गर्दा कम्तिमा सहज ढंगबाट न्याय प्राप्तिका लागि यो पहल गरिएको हो ।’

उहाँले प्रविधिमैत्री अदालत नबनेसम्म नागरिक र सेवाग्राहीले न्याय नपाउने बताउनु भयो । उहाँले अबबाट उभिएरु सेवा लिनुपर्ने असहजता नहुने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?