
भोजपुर । पहाडी जिल्ला भोजपुर सदरमुकाममा आगामी चैत्र २४ गतेबाट मुख्यमन्त्रीकप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गरिएको छ । कोशी प्रदेश सरकारको प्रदेश खेलकुद विकास बोर्ड बिराटनगरको मुख्य प्रायोजनमा प्रदेश स्तरीय राष्ट्रिय भलिबल प्रतियोगिता हुन लागेको हो ।
जिल्ला भलिवल संघ भोजपुरको आयोजनामा स्थानीय टुँडिखेलमा संचालन हुने प्रतियोगितामा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश गरी सात वटै प्रदेशका खेलाडीहरुको सहभागिता हुने आयोजक सांस्थाका महासचिव संग्राम किराँतीले जानकारी दिनुभयो । प्रतियोगिता चैत्र २४ बाट २८ गतेसम्म संचालन हुनेछ ।
जिल्लाका भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका, अरुण गाउँपालिका, पौवादुङमा गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका, रामप्रसाद राई गाउँपालिका र टेम्केमैयुङ गाउँपालिकाको सहप्रायोजन रहने प्रतियोगितामा कोशी प्रदेश भलिवल संघले प्राबिधिक सहयोग गर्ने आयोजक संस्थाका महासचिव किराँतीले बताउनुभयो ।
प्रतियोगितामा तर्फ प्रथम तीन लाख, दोश्रो एक लाख ७५ हजार, तेश्रो ८० हजार र चौथो हुने प्रदेशको टिमलाई पुस्कार प्रदान गरिने आयोजक जिल्ला भलिवल संघका अध्यक्ष बिन्द्र कुमार तामाङले जानकारी दिनुभयो ।
यस्तै उत्कृष्ट पाँच विधामा ५० हजार, सर्वोत्कृष्ट विद्यालाई २५ हजारका साथमा मेडल, ट्रफी र प्रमाणपत्र बितरण गरिने छ । प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिले सहकार्य गर्ने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच