काठमाडौं । नेपाल एसबिआई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ग्लोबल मनी विक २०२५ का अवसरमा चैत ४ देखि १० गतेसम्म वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । सातै प्रदेशमा आयोजित उक्त कार्यक्रमले स्कुल तथा कलेजका विद्यार्थीलाई बचतको महŒव, ऋण तथा लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीसम्बन्धी सचेतना र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणालगायत विभिन्न विषयमा जानकारी गराएको थियो ।
कार्यक्रम कोशी प्रदेशको धर्मदेवी, बेल्टार, धरान, लिमचुङबुङ, वरगाछी विराटनगर र दमक, मधेस प्रदेशको राजगढ, लहान, चन्द्रनिगाहपुर, जनकपुर, हरिवन र सिमरा, बागमती प्रदेशको दरबारमार्ग, न्युरोड रत्ननगर, हाकिमचोक, बट्टार, धादिङ, पाटन, बनेपा र हेटौंडा, गण्डकी प्रदेशको वालिङ, बागलुङ, सिसुवा र पोखरा, लुम्बिनी प्रदेशको पाल्पा, लमही, दाङ, सुनछहारी र भैरहवा, कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिम प्रदेशको धनगढी, शिवनाथ, अत्तरिया, गन्यापधुरा र महेन्द्रनगरलगायतका स्थानमा सञ्चालित कार्यक्रममा १५ सयभन्दा बढी बालबालिका तथा विद्यार्थीको सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच