दोस्रो गुल्मी महोत्सव हुने

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मी जिल्लाको समृद्धिको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने नाराका साथ गुल्मीको सदरमुकाम तम्घासमा दोस्रो गुल्मी महोत्सव हुने भएको छ । गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा रेसुंगा नगरपालिका २ नुनथलामा महोत्सव हुने संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

सोमबार पत्रकार सम्मेलन आयोजना गरी अध्यक्ष पाण्डेले दोस्रो गुल्मी महोत्सव-२०८१ तथा कृषि पर्यटन व्यापार एवं औद्योगिक मेला गर्न लागिएको बताउनुभएको छ । विशेषगरी जिल्लामा स्थिर रहेको आर्थिक अवस्था चलायमान बनाउन चैत २९ गतेदेखि वैशाख १३ गतेसम्म महोत्सव सञ्चालन आयोजना गर्न लागिएको उहाँको भनाइ थियो ।

महोत्सवबाट जिल्लाको आर्थिक अवस्था चलायमान बनाउनुका साथै स्थानीय उत्पादनको प्रचार–प्रसारसँगै उत्पादनको प्रवद्र्धन गरिने गुल्मी चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र भुसालले बताउनुभयो । स्थानीय उत्पादनलाई निःशुल्करूपमा स्टल उपलब्ध गराइनुका साथै स्थानीय कला-संस्कृतिलााई समेत विशेष प्राथमिकता दिइने उहाँले जानकारी दिनुभयो । महोत्सव सफल बनाउन निकै क्रियाशील भएर सबै लागिपरेका आयोजक संस्थाका सचिव सूर्य घिमिरेले बताउनुभयो । महोत्सव व्यवस्थित र प्रभावकारी बनाउन १७ वटा उपसमिति गठन गरिएको छ ।

महोत्सव अवलोकनका लागि टिकट सय रुपैयाँ रहेको छ भने ७० वर्षभन्दा माथि, बालबालिका र अशक्तलाई निःशुल्क हुनेछ भने विद्यार्थीलाई टिकटको ५० प्रतिशत छुट प्रदान गरिनेछ । गुल्मी चेम्बर अफ कमर्सले गरेको आम्दानीबाट विभिन्न सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक क्षेत्रमा खर्च गरिने जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?