राजनीतिक दलसँग छलफल गर्दै निर्वाचन आयोग

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । निर्वाचन आयोगले आज संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका प्रतिनिधिसँग छलफल गर्दै छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ वटा दलसँग छलफल गर्न लागेको हो ।

बिहान साढे ११ बजे १२ राजनीतिक पार्टीका नेताहरूलाई परामर्शका लागि बोलाइएको आयोगले जनाएको छ ।

उनीहरूसित निर्वाचन आचारसंहितालगायत विषयमा छलफल हुने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिनुभयो ।

आयोगले आचारसंहिता, २०७८ मा केही परिमार्जन गर्ने तयारी समेत गरेको छ । आउँदो मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन घोषणा भइसकेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?