सर्लाहीका अठार स्थानीय तह दमकलविहीन

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । सर्लाहीका २० वटा स्थानीय तहमध्ये १८ वटा स्थानीय तह अझै दमकलविहीन रहेका छन् ।

जिल्लाको दक्षिणी भेगमा सदरमुकाम मलङ्गवा नगरपालिका र उत्तरी भेगस्थित पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा हरिवन नगरपालिकासँग मात्रै दमकल रहेको छ । अन्य स्थानीय तहले दमकल खरिदमा चासो देखाएका छैनन् ।

जिल्लामा कहीँकतै आगलागी हुँदा मलङ्गवा र हरिवन नगरपालिकाकै दमकल पुग्ने गरेका छन् । ग्रामीण भेगका पालिकाहरुमा आगलागीको घटना भएका बेला समयमै दमकल पुग्न नसक्दा जनधनको धेरै क्षति हुँदै आएको छ ।

जनप्रतिनिधिले दमकल खरिदमा कुनै चासो नदेखाएका स्थानेले गुनासो गरेका छन् । आफूहरुको पालिकामा दकमल नहुँदा सुक्खायामाम बर्सेनि हुने आगलागी नियन्त्रणमा समस्या हुँदै आएको स्थानियको भनाइ छ । बेला बेलामा र जिल्लामा आगो लागेपछि छिमेकका पालीमा मिलेर दमकल खरिद गर्ने सल्लाहा तथा निर्णय बाहिर आयपनि हाल सम्म छेपारेको कथा भएको छ ।

बिपतको बेलामा सम्झने र बिपत टरेपछि विर्सने यहाँको चलन जस्तौ बनेको छ । थप कुनै पनि स्थानीय तहले दमकल खरिदको प्रक्रिया अघि बढाएका छैनन् ।

तीन/चार वटा पालिका मिलेर संयुक्त रुपमा दमकल खरिद गर्ने निर्णय भएपनि त्यसतर्फ अहिले कुनै पनि पालिकाले चासो नदिएको देखिन्छ । सर्लाहीमा अहिले रहेका दुईवटा दमकलमध्ये हरिवन नगरपालिकाको दमकल बिग्रिएर मर्मतको लागि बाहिर पठाईएको छ ।

मलङ्गवा नगरपालिकाको दमकलको भरमा जिल्ला भरिको लागि प्रयोग गरिएको छ । हरिवनको दमकल बनेर आयपछि भने जिल्लामा दुईवटा दमकल संचालन आउने छ । हरिवन नगरपालिकाले सुचना निकालेर पालिकाको दमकल बिग्रिएकाले बनेर नआउन्जेलको लागि सेवा प्रवाहा बन्द रहेको जानकारी दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?