तनहुँमा बस दुर्घटना, १८ जना घाइते

Read Time = 1 min

तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका–६ अकलामा बिहीबार दिउँसो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

नारायणघाटबाट बागलुङतर्फ जाँदै गरेको ग१ख ५५२५ नम्बरको बस अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा १८ जना घाइते भएको जिल्ला प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताउनु भयो।

चालक नरबहादुर लामासहित १८ जना घाइतेहरुको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?