
काठमाडौं । नेकपा (एमाले) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पक्राउ गर्न माग गरेको छ ।
मेयर बालेनले एक हप्तामा कर्मचारीले तलब नपाए ‘टुकुचामा गाड्छु’ भन्ने अभिव्यक्ति दिएकोप्रति राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमीटीको गम्भीर ध्यानाकर्षण भएको भन्दै पक्राउ गरी कारबाही गर्न माग गरेको हो ।
‘आफ्नो पदीय जिम्मेवारी भुलेर पब र क्लबहरुमा रमाउँदै सस्तो लोकप्रियता र सामाजिकसञ्जालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभियव्यक्ति नदिन र तथ्यलाई अतिरञ्जित गरी समाजलाई भड्काउने अभिव्यक्ति नदिन सचेत गराउँछौ’, विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष दिपेश सुधाकारले एक विज्ञप्ति जारी गर्दै आफ्नो पदीय जिम्मेवारी भुलेर पब र कल्बहरुमा रमाउँदै सस्तो लोकप्रियता र सामाजिक संजालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभिव्यक्ति नदिन पनि चेतावनी दिइएको छ ।
यस्तो थियो मेयर बालेनको स्टाटस
युवा संघ नेपालको काठमाडौं महानगर कमिटीले जारी गरेको विज्ञप्ति
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच