
पाल्पा । यहाँ घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका –७ खानीगाउँका ४५ वर्षीय कमल प्रसाद भट्टराईको रुखबाट लडेर बुधबार विहान मृत्यु भएको हो ।
भट्टराई आफ्नै घरदेखी तीन सय मिटर पूर्वतर्फ बारीमा रहेको साजको रुखमा चढी घाँस काट्ने क्रममा अचानक रुखबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार भट्टराई रुखबाट खसेको स्थानीयले जानकारी गराए लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गर्दा घटनास्थलमै मृत्यु भएको पाइएको छ ।
अहिले भट्टराईको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पा पठाईएको प्रहरीले जनाइएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच