पाल्पामा डेंगीबाट एक बालिकाको मृत्यु

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 1 min

पाल्पा । डेंगी संक्रमणबाट पाल्पामा एक बालिकाको मृत्यु भएको छ ।

तानसनेनस्थित युनाइेट मिसन अस्पतालमा उपचाररत वालिङ नगरपालिका–११, आमडाँडाकी ११ महिनाकी बालिकाको डेंगी संक्रमणबाट मृत्यु भएको हो ।

उनको बिहिबार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । केही दिन अघि पनि डेंगी संक्रमणबाट पाल्पामा एक महिलाको मृत्यु भएको थियो ।
तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिलाको डेंगीबाट मृत्यु भएको हो । उनको पनि मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?