राजु लामाको स्वरमा ‘ठूली’ म्युजिक भिडियो सार्वजनिक

Read Time = 1 min

काठमाडौं । हालै सगरमाथाको सफल आरोहण गर्नुभएका गायक राजु लामाको स्वरमा रहेको ‘ठूली’ म्युजिक भिडियो सार्वजनिक भएको छ । राजु लामा र तारा शिरिष मगरको सुमधुर स्वरमा रहेको ठूलीको म्युजिक भिडियोलाई नेपाल इन्टरटेनमेन्ट प्रालिले सार्वजनिक गरेको हो । उक्त गीतमा शब्द कौडा बुढा मगरको रहेको छ भने सङ्गीत सरोज लामाको छ ।

‘नाकैमा ठूली, शिरैमा सुनको शिरबन्दी’, ‘म पनि केमा कम छु र ? भनन, चट्टै परेर आको छु हेर न’, ‘आऊ न नजिक मलाई अङ्गालोमा बेरन’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।
उक्त भिडियोमा आकाश श्रेष्ठ र बीना राउतले अभिनय गरेका छन्। अर्जुन तिवारीले छायाङ्कन गरेका सो भिडियोमा शान थापाले निर्देशन गरेका छन्। उक्त गीतको भिडियो नेपालमय युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?