नापी कार्यालय चावहिलका सर्भेक्षक र अमिन एक लाख रुपैयाँ घुससहित पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नापी कार्यालय चावहिल (काठमाडौं)का नापी सर्भेक्षक र अमिन एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

नापी कार्यालय चावहिलको १ नम्बर नापी टोली बूढानीलकण्ठका नापी सर्भेक्षक विनोद केसी र अमिन प्रकाश भट्ट एक लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल (काठमाडौं)स्थित कार्यालयबाट खटिएको टोलीले केसी र भट्टलाई पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनीहरूले जग्गाको हालसाबिक गरिदिएबापत सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएका थिए ।

सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा दुवै जनालाई ललितपुरको लगनखेलस्थित महालक्ष्मी मार्गबाट नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?