गीता दर्शन र लीलाबोधी लेखन

डा. नारायण चालिसे
Read Time = 15 mins

हामीले जानेको भनेको धारणा जानेका हुने रहेछौं । धारणा भ्रम हो । यथार्थ अज्ञेय र अठम्याइने हुँदो रहेछ र हामी भ्रम लेख्दा रहेछौं (इन्द्रबहादुर राई, भ्रान्तिहरू र लीला लेखनमात्र । हामी धेरै वर्षदेखि लीला लेखनको सैद्धान्तिक बहसमा छौँ । लीला सिद्धान्त के हो भन्ने विषयमा पूर्व र पश्चिमका दार्शनिक र साहित्यिक मान्यताहरूसँग यसलाई तुलना गरेर अनेक तरहले स्पष्ट्याउने प्रयत्नहरू भइरहेका छन् । पश्चिममा उन्नाइस सय साठीको दशकमा प्रचार र प्रयोगमा आएको विनिर्माणवाद र यसको पछिल्लो मान्यता उत्तरआधुनिकतावादसँग लीला लेखन भनेर लेखिएका कृतिहरूका अभिलक्षणहरू मिल्दाजुल्दा भएकाले यो कुनै छुट्टै दर्शन, वाद, विचार वा लेखन नभएर उत्तरआधुनिक लेखनकै एउटा उपलेखन जस्तो हो ।
त्यसैले यसलाई छुट्टै देखाउने जिद्दी गर्नुभन्दा उत्तरआधुनिक लेखनभित्रकै एउटा शैली मानेर अघि बढ्नु उचित हो भन्ने एकथरि विचार अरू धेरैथरि विचारभन्दा प्रबल भएर बाहिर आएको छ । धेरैजना समीक्षकहरू यसै तर्कको वरपर रहेर लीला लेखनलाई उत्तरआधुनिक बनाउने अभ्यासमा छन् । केही समीक्षकहरू, होइन, यसको पृष्ठाधार, यसका अवधारणाहरू र यसका दृष्टान्तहरू पश्चिमा नभएर पूर्वीय चिन्तनको धेरै नजिक छन् । त्यसैले लीला भन्ने यस लेखनको नामदेखि यसका अभिलक्षणहरू भ्रान्ति, भूल, अकर्तृता, निमित्त मात्रता, अर्थको चिप्लाइ, अवतार चिन्तन आदि सबै पूर्वीय मान्यताहरू नै हुन् । त्यसैले यो विचार पूर्वेली विचार हो भनेर लीला लेखनलाई पूर्वीय, आध्यात्मिक दर्शन र त्यसको प्रायोगिक रूपसँग जोडेर हेर्न चाहेका छन् ।

श्रीमद्भगवद्गीता नरावतार श्रीकृष्ण र अर्जुनका बीचको संवाद हो । यो लौकिक ग्रन्थ पनि हो । यो उपदेश दिँदा श्रीकृष्ण हस्तिनापुर नजिकैको कुरुक्षेत्रमा थिए । अनि युद्धको निम्ति तयार भएर आएका पाण्डव पक्ष र कौरव पक्षका योद्धाहरू रणभूमिमा थिए । अनि कृष्णले अर्जुनको रथ चलाइरहेका थिए । जब रणभूमिमा अर्जुनले आफ्ना विपक्षी सेनाहरूमा सबै आफन्तलाई देखे अनि उनलाई द्विविधा भयो । अझ भनौँ लड्नै मन नभएर र युद्धबाट पछि हट्न खोजे । ठीक त्यही बेलामा मानिस कृष्णले मानिस अर्जुनलाई भनिएको युद्धोपदेश हो भनिएको छ । त्यसैले यो ग्रन्थ कुनै ईश्वरले दिएको प्रवचन होइन लौकिक जीवनमा एक जना सारथीले आफ्ना योद्धा सेनानायकलाई दिएको हौसला र ढाडसका भनाइ हुन् । यसैलाई देवत्वकरण गरेर कृष्णलाई कुनै युगका भगवान् हुन् भन्ने मानेर गीताको उपदेशलाई ईश्वर वचन मानिएको छ ।

श्रीमद्भगवद्गीता नरावतार श्रीकृष्ण र अर्जुनका बीचको संवाद हो । यो लौकिक ग्रन्थ पनि हो । यो उपदेश दिँदा श्रीकृष्ण हस्तिनापुर नजिकैको कुरुक्षेत्रमा थिए । अनि युद्धको निम्ति तयार भएर आएका पाण्डव पक्ष र कौरव पक्षका योद्धाहरू रणभूमिमा थिए ।

कृष्णको देवत्वकरणका विषयमा एउटा ज्यादै घतलाग्दो मत राधाकृष्णन्ले व्यक्त गरेका छन् । उनको आशय छ जब महाकाव्यकालमा भारत वर्षको दार्शनिक विचारधाराको विकास भइरहेको थियो त्यस बेलामा धेरै प्रकारका भौतिकवादी विरोधका स्वरहरू गुञ्जिरहेका थिए । ईश्वरप्रतिको आस्थामा छलफल चलिरहेको थियो, ठीक त्यही बेला अधयात्मवादीहरूले एउटा जीवित देहधारी ईश्वरलाई उपस्थित गराए । जबकि यो समयसम्म केवल अनिश्चित, अस्पष्ट एवं निरस परमेश्वरको भावनामात्र मानिसको सामुन्नेमा थियो । भगवद्गीता जसमा कृष्णलाई विष्णुको अवतारका रूपमा चित्रण गरियो भनेर आध्यात्मिक व्याख्याका श्रीकृष्ण दार्शनिक दृष्टिमा त एकजना व्यक्ति नै थिए भन्ने भावमा ज्यादै गहिरो कुरा गरिएको छ ।
लीलावादी दृष्टिले हेर्ने हो भने यो नै सबैभन्दा ठूलो लीला हो । अब कृष्ण ईश्वर (गुरु) अनि अर्जुन (शिष्य) भक्त भएर गीतामा के के लीला गरे त भनेर हेर्ने हो भने त्यहाँ एउटा वास्तविक ईश्वर र एउटा लीला नायक श्रीकृष्ण यी दुई अवतारको जन्म हुन्छ । एकातिर कृष्ण मानिस नै रहेर मानिस नै रहेको अर्जुनलाई रथमै बसेर सम्झाइरहन्छन् भने अर्कोतिर तिनै कृष्णले आपूmलाई कतै म ईश्वर हुँ पनि भनेका छन्, कतै आत्मा, कतै ब्रहृम, कतै प्रकृति त कतै पुरुष हुँ । यस्तै भन्दाभन्दै सबै सृष्टि, स्थिति र लयको आधार नै म हुँ, मबाहेक यो ब्रहृमाण्डमा अरू केही छँदै छैन भनेका छन् ।

श्रीकृष्णको वास्तविक रूप र अवस्था के हो र उनका मायावी रूपहरू के के छन्, कस्ता–कस्ता छन् भन्ने विषयमा भगवद्गीतामा सबैभन्दा बढी दृष्टान्तहरू पाइन्छन् । भगवान् श्रीकृष्णको आस्था राखेर पढ्नेहरूले जताततै कृष्णमय ईश्वरीय अवस्थाको दर्शन गर्न पाउँछन् भने मायावी कृष्णको लीला देख्नेहरूले जताततै कृष्णका लीलाहरू नै पाउँछन् । लीला दर्शन यही वास्तविक ईश्वर श्रीकृष्ण र मायावी श्रीकृष्णका रूपको अभेद्यतामा भ्रमित ज्ञानको छिनोफानोको बहसमा छ । त्यसकारण यहाँ श्रीकृष्ण भगवान् भनिएका र मानिस बनेका दुवै अवस्थाको अध्ययनले गीता दर्शन र लीलाबोधी लेखनको दार्शनिक आधारलाई पर्गेल्ने प्रयत्न गरिएको छ ।

श्रीकृष्णको वास्तविक रूप र अवस्था के हो र उनका मायावी रूपहरू के के छन्, कस्ता कस्ता छन् भन्ने विषयमा भगवद्गीतामा सबैभन्दा बढी दृष्टान्तहरू पाइन्छन् । भगवान् श्रीकृष्णको आस्था राखेर पढ्नेहरूले जताततै कृष्णमय ईश्वरीय अवस्थाको दर्शन गर्न पाउँछन् ।

श्रीकृष्णलाई मानिस मानेर हेर्दा यही भनाइ ज्यादै अविश्वसनीय, भ्रामक, मनगढन्ते र बित्थाको बोली लाग्छ भने ईश्वर मानेर हेर्दा गहिरो उपदेश भएर प्रकट हुन्छ । लीला लेखनमा ईश्वर हुँदैन ईश्वरको परिवर्तित रूप मात्र हुन्छ भन्ने मान्यता राख्ने लीला लेखनको सिद्धान्तलाई गीता दर्शनमा पनि ईश्वरको परिवर्तित रूप जुन कृष्णको नरावतार रूप छ त्यससँग दाँजेर हेर्दा सबै परिवर्तित रूपको लीलामात्र प्राप्त गर्न सकिन्छ ।

मया ततमिदं सर्वं जगदव्यक्तमूर्तिना
मत्स्थानि सर्वभूतानि न चाहं तेष्ववस्थित । ९/४
यो सारा जगत् अव्यक्त रूप मद्वारा व्याप्त छ । सबै भूत ममा स्थित छन् तर उनमा म स्थित छैन । यो लीला धारणा नै हो । सारा जगत् कृष्णमय छ, सबै भूततत्त्व कृष्णमा अडेको छ तर कृष्ण भूततत्त्वमा अडेका छैनन् । कृष्णजस्तै लाग्ने तŒव कृष्ण नभएर कृष्णको प्रतिरूप मात्र हो । कृष्णले ममा विद्यमान भएको भूततŒव वास्तवमा मेरो होइन नभएको कुरालाई भएको जस्तो देखाउने मेरो चातुर्य हो र यो मायावी यथार्थ हो । म कसैको आधार पनि होइन, आधेय पनि होइन तर मेरो मायाले म सबै भूततŒवमा र भूततŒव ममा समाहित भएजस्तो लाग्छ । यो दर्शन नै लीला लेखनको बीज विचार हो ।

न च मत्स्थानि भूतानि पश्यमे योगमैश्वरम्
भूतभृन्नच भूतस्थो ममाद्रद्रत्मा भूतभावन । ९/५
यथाद्रद्रकाशस्थितो नित्यं वायुः सर्वत्रगोमहान्
तथा सर्वार्णि भूतानि मत्स्थानीत्युपधारय । ९/६
जसरी सर्वदा चलनशील, सर्वगत महान् वायु आकाशमा रहन्छ त्यसरी नै सबै भूत ममा स्थित रहेको हुन्छ । वायु संसर्गरहित भएर आकाशमा घुमेझैँ असंसर्गी अवस्थामा ममा भूत रहेको हुन्छ ।

अहं क्रतुरहं यज्ञः स्वधाद्रहमहमौषधम्
मन्त्रोद्रहमहमेवाद्रद्रज्यमहमग्निरहं हुतम् । ९/१६
म ऋतु हुँ, मै यज्ञ हुँ, मै स्वधा हुँ र मै औषधि हुँ, म नै मन्त्र हुँ, मै घिउ हुँ, मै अग्नि हुँ र म नै हवन क्रिया पनि हुँ । यस भनाइले जसरी कृष्ण सभामा पस्ता विभिन्न मानिसले विभिन्न रूपमा देखे त्यसको आधार कृष्ण नै ती सबैका निम्ति अलग अलग रूपमा देखा परेरै रूप लीला गरेका थिए । किनकि आफ्नो मायाका बलले कृष्णले आपूmलाई विभिन्न रूपमा देखाउन सक्थे । एउटा कृष्ण अनेक रूपमा भए जस्तै सबै अवस्थाका क्रिया, कारक र फल कृष्ण नै हुन् । वस्तु एक छ तर व्यवहार भेदले धेरै छ एकोद्रहं बहुस्यामः यही नै संसारको लीला दर्शन हो । यही लीला दर्शन नै लीला लेखनको आधार हो त्यसैले यो आध्यात्मिक छ ।

पिताद्रहमस्य जगतो माता धाता पितामह
वेद्यं पवित्रमोंकार ऋक्साम यजुरेवच । ९/१७
यो जगत्को पिता मै हुँ, माता म नै हुँ, पोषण गर्नेवाला पनि मै हुँ, त्यस्तै जान्न योग्य पनि, पवित्र पनि र ऋक्, साम् र यजु पनि म नै हुँ । सृष्टि, स्थिति र लय सबैको आधार नै म हुँ भनेर यत्रो भौतिक जगत्को हर्ताकर्ता नै आपूm भएको तर व्यवहारमा विभिन्न रूपमा पनि म नै आउँछु भनेर कृष्णले संसार लीलाका सङ्केत गरेका छन् ।

ते तं भुक्त्वा स्वर्ग लोकं विशालं क्षीणे पुण्ये मत्र्यलोकं विशन्ति ।
वेद त्रयबाट प्रतिपादित धर्म गर्नेहरू र दिव्य भोगको इच्छा गर्नेहरू आफ्नो पुण्यको क्षयपछि मत्र्यलोकमा पुनः पुनः जन्म लिने गर्दछन् ।

समोद्रसर्वभूतेषु न मे द्वेष्योद्रस्ति न प्रियः
ये भजन्ति तु मां भक्त्या मयि ते तेषु च्याप्यहं । ९/२९
सबै भूत (प्राणि) हरूप्रति मेरो समान भाव छ । मेरो निम्ति न कुनै द्वेषी पात्र छ अर्थात् न मेरो कोही विशेष अप्रिय छ न विशेष प्रिय नै कोही छ । जसले मलाई हृदयदेखि आफ्नो ठान्छन् म तिनैको हुँ । तिनीहरूमा म छु ममा तिनीहरू छन् । बुद्धि, ज्ञान, असंमोह, क्षमा, सत्य, दम, शम, सुख, दुःख, उत्पत्ति, सत्ता, भय, अभय, अहिंसा, समता, तुष्टि, तप, दान, यश र अपयश आदि प्राणीहरूमा विभिन्न किसिमका भावहरू आउँछन् ती सबै मेरै हुन्, मबाटै ती सबै आउँछन् ।

आदित्यानामहं विष्णुज्र्योतिषां रविरंशुभान्
मरीचिर्मरुतामस्मि नक्षत्राणामहं शशी । १०/२१
अदितिहरूमा म विष्णु हुँ, प्रकाशहरूमा म सूर्य हुँ, हावाहरूमा म मरीचि हुँ र नक्षत्रहरूमा म चन्द्रमा हुँ ।

वेदानां सामवेदोद्रस्मि देवानामस्मि वासवः ।
इन्द्रियाणां मनश्चास्मि भूतानामस्मि चेतना । १०/२२
वेदहरूमा सामवेद हुँ, देवताहरूमा इन्द्र हुँ, इन्द्रियहरूमा मन हुँ र प्राणीहरूमा चेतना म हुँ ।
-क्रमशः

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?