काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले १८ औँ वर्षमा प्रवेशका अवसरमा स्नो याक फाउण्डेसनलाई सहयोग प्रदान गरेको छ । बैंकले १७औँ वार्षिकोत्सव वैशाख ७ गते मनाउँदैछ ।
विशेषगरी विपन्न परिवारमा जन्मेका बालबालिकालाई शिक्षा प्राप्त गर्ने आधारभूत अधिकार प्रदान गर्न संस्थालाई निकै कठिन चुनौती सामना गर्नुपर्ने हुँदा सञ्चालनमा केही सहजता होस् भन्ने हेतुले बैंकले एक समारोहबीच एक लाखको चेक संस्थाका सञ्चालक श्रीमणिराज शर्मालाई हस्तान्तरण गरेको हो ।
बालबालिकाको उज्ज्वल भविष्यको परिकल्पना गर्दै फाउण्डेसनले विगत एक दशकभन्दा बढी समय गुणस्तरीय शिक्षामा विद्यार्थीको पहुँच बढाउन समर्पित गरेको र उक्त रकम पनि बालबालिकाको शिक्षामा खर्च गरिने फाउण्डेसनले जनाएको छ । हाल फाउण्डेसनले पाँच सय बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको छ । बैंकले हरेक वर्ष बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच