म्याड्रिडलाई सुपर कपको उपाधि

Read Time = 2 mins

म्याड्रिड । युरोपेली च्याम्पियन्स लिगको विजेता रियल म्याड्रिडले यस सिजनको युईएफए सुपर कपको उपाधि जितेको छ । युरोपा लिग विजेता आइनट्राक्ट फ्रान्कफर्टलाई २-० ले पराजित गर्दै म्याड्रिडले उपाधि जितेको हो ।

रियल म्याड्रिडका लागि डेविड अलाबा र करिम बेन्जेमाले १-१ गोल गर्नुभयो । पहिलो हाफमा अलाबाको गोलमा रियलले सुरुवाती अग्रता लिएको थियो । ३७औँ मिनेटमा कर्नरबाट आएको बलमा क्यासेमिरोले गोलरक्षक र डिफेन्डरको गल्तीको फाइदा उठाउनुभएको थियो ।
६५औँ मिनेटमा बेन्जेमाले रियलको अग्रता दोब्बर पार्नुभयो । भिनिसियस जुनियरको पासमा बेन्जेमाले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । यससँगै रियल म्याड्रिडले सुपर कप जित्ने सूचीमा बार्सिलोना र एसी मिलानसँग बराबरी गरेको छ ।

तीन टोलीले समान पाँच÷पाँचपटक सुपर कप उपाधि जितेका थिए । बार्सिलोना चारपटक उपविजेता हुँदा रियल तीन र मिलान दुईपटक उपविजेता भएको छ । लिभरपुलले चारपटक उपाधि जितेको छ । रियल यसअघि सन् १९९८, २००० र २०१८ मा सुपर कपमा उपविजेता बनेको थियो ।

हालसम्म बार्सिलोना र एसी मिलानले सर्वाधिक पाँच÷पाँचपटक सुपर कप उपाधि जितेका छन् । बार्सिलोना चारपटक उपविजेता हुँदा मिलान दुईपटक उपविजेता भएको छ । रियल म्याड्रिड र लिभरपुलले चार÷चारपटक उपाधि जितेका छन् । रियलसमक्ष आज उपाधि जित्दै बार्सिलोना र मिलानसँग शीर्ष सूचीमा समावेश हुने अवसर छ । रियल यसअघि सन् १९९८, २००० र २०१८ मा सुपर कपमा उपविजेता बनेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?