रियलमी सी ५५ नेपाली बजारमा

Read Time = 1 min

काठमाडौं । रियलमीको सी सिरिजको लेटेस्ट मोडल सी-५५ नेपाली बजारमा आएको छ । ६४ एमपी क्यामेरा र ३३ वाटकोे फास्ट चार्जिङसहितको सी ५५ लन्चमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भन्नुभयो, ‘रियलमी सदैव उपभोक्ताका लागि उनीहरूको जीवनशैली सुहाउँदो नवीनतम प्रविधियुक्त स्मार्टफोन बनाउन प्रतिबद्ध छ ।

सोहीअनुसार हामीले नयाँ सिरिजको फोन ल्याएका हौँ ।’ ३३ वाटको डार्ट चार्जिङ र पाँच हजार एमएएचको शक्तिशाली ब्याट्रीका कारण २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने कम्पनीको दाबी छ । छ जिबी प्लस ६४ जिबी स्टोरेज सेटको मूल्य २१ हजार नौ सय ९९ र छ जिबी प्लस १२८ जिबीको २५ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?