बझाङ हिमपहिरोमा पुरिएर यार्सागुम्बा टिप्न गएकी एक महिला बेपत्ता

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 1 min

बझाङ । बझाङमा पनि हिमपहिरोमा पुरिएर एक महिला बेपत्ता भएकी छन् ।

यार्सागुम्बा टिप्न गएकी जिल्लाको सुर्मा गाउँपालिका–१ कि ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

सोमबार राति सुर्मा गाउँपालिका–१मा हिमपहिरो जादा बोहरा पुरिएर बोहरा बेपत्ता भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

उनको खोजीका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?