अमेरिकामा ‘टेक पिक नेपाल : ओर्लान्डो २०२५’ आयोजना

नेपालका आइटी तथा आइटिइएस कम्पनीलाई अन्तर्राष्ट्रिय मञ्चमा सहभागी गराउन आउटसोर्सिङ क्षेत्रको सबैभन्दा ठूलो भेला ‘सेयर्ड सर्भिसेस एण्ड आउटसोर्सिङ विक सम्मेलन २०२५’ मा एक विशेष नेपाल पेभिलियन प्रस्तुत गरिएको थियो ।

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले अमेरिकन च्याम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) को सहकार्यमा ‘टेक पिक नेपालः ओर्लान्डो २०२५’ आयोजना गरेको छ । जुन नेपालबाट अमेरिकामा आयोजना गरिएको पहिलो अन्तर्राष्ट्रिय रोड शो हो, जसले नेपाललाई आइटी–सम्बद्ध सेवा तथा आउटसोर्सिङका लागि एक प्रमुख गन्तव्यका रूपमा प्रस्तुत गरेको छ । सिएनआईका अनुसार उक्त ऐतिहासिक पहलले नेपाललाई विश्वव्यापी प्रविधि क्षेत्रको महत्त्वपूर्ण हिस्सा बनाउने सम्भावनालाई उजागर गरेको छ ।

रोड शोअन्तर्गत नेपालका आइटी तथा आइटिइएस कम्पनीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा सहभागी गराउन आउटसोर्सिङ क्षेत्रको सबैभन्दा ठूलो भेला ‘सेयर्ड सर्भिसेस एण्ड आउटसोर्सिङ विक (एसएसओडब्लु) सम्मेलन २०२५’ मा एक विशेष नेपाल पवेलियन प्रस्तुत गरिएको थियो । नेपाल पवेलियनले नेपालका प्रमुख प्रविधि कम्पनीलाई विश्वभरका लगानीकर्ता, उद्योग विज्ञ तथा निर्णयकर्तासमक्ष चिनाउन सफल भएको आयोजकले जनाएको छ ।

नेपाल पवेलियनमा नेपालका छवटा अग्रणी प्रविधि कम्पनीहरू सक्छ, इनोभेट टेक, एफवान सफ्ट, सिमजुङ, सिनिकल टेक्नोलोजी र मोनाल टेकले आफ्ना नवप्रवर्तन तथा आउटसोर्सिङ क्षमता अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरेका थिए । उल्लेखित कम्पनीहरूले विश्वप्रसिद्ध प्रविधिमुखी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्दै नेपाललाई ठूलो लगानीका लागि तयार गन्तव्यका रूपमा स्थापित गरेको बताइएको छ । टेक पिक नेपालः ओर्लान्डो २०२५ मा नेपाली टोलीको नेतृत्व सिएनआई आइटी काउन्सिल सभापति एवं एमच्याम नेपालका संस्थापक अध्यक्ष अजित शाहले गर्नुभएको थियो । टेक पिक नेपालः ओर्लान्डो २०२५ ले अन्तर्राष्ट्रिय प्लाटफर्ममा महत्वपूर्ण उपलब्धि हासिल गरेको सिएनआई अध्यक्ष राजेशकुमार अग्रवालले बताउनुभयो । उक्त पहलमार्फत् नेपालले अन्तर्राष्ट्रिय सूचना प्रविधि तथा आउटसोर्सिङ उद्योगमा विशाल सम्भावना प्रस्तुत गर्न सफल भएको उहाँको भनाइ थियो । अग्रवालले भन्नुभयो, ‘यो सुरुवात हो, हामी नेपाललाई एक अग्रणी आइटिइएस हबका रूपमा स्थापित गर्न निरन्तर लागिरहनेछौं ।’

एमच्याम नेपालका अध्यक्ष निर्मलकाजी श्रेष्ठले सिएनआई र एमच्याम नेपालबीचको सहकार्यले नेपालको आइटिइएस क्षेत्रमा नयाँ आयाम स्थापित गरेको बताउनुभयो । रोड शोले सिर्जना गरेका अवसरहरूले नेपालमा थप लगानी र सहकार्यका ढोका खोल्ने र नेपाललाई आउटसोर्सिङका लागि प्रमुख गन्तव्य बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । सिएनआईका अनुसार एसएसओडब्लु सम्मेलन २०२५ मा एक हजारभन्दा बढी उद्योग विज्ञहरूको सहभागिता थियो, जसले नेपाली प्रविधि कम्पनीहरूलाई सम्भावित अन्तर्राष्ट्रिय ग्राहक, लगानीकर्ता तथा रणनीतिक साझेदारहरूसँग सम्पर्क गर्ने अभूतपूर्व अवसर प्रदान गर्‍यो ।

टेक पिक नेपालः ओर्लान्डो २०२५ को प्रमुख उद्देश्य नेपाललाई एक भरपर्दो र प्रतिस्पर्धी आइटिइएस तथा आउटसोर्सिङ गन्तव्यका रूपमा स्थापित गर्नु हो । रोड शोले नेपालको डिजिटल रूपान्तरण यात्रामा महत्वपूर्ण कोशेढुंगा स्थापित गर्दै विदेशी लगानी प्रवद्र्धन, रोजगारी सिर्जना तथा अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्न मद्दत गरेको सिएनआईले विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?