
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भोलिबाट पार्टी नेतृत्वको जिम्मेवारीमा फर्किने हुनुभएको छ ।
सहकारी ठगी प्रकरणमा जोडिएपछि उहाँ नेतृत्वको जिम्मेवारीबाट अलग हुनुभएको थियो ।
भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने जनाईएको छ ।
प्रवक्ता मनिष झाले भोलिको बैठकमा सभापति लामिछाने उपस्थित् हुने र बैठकको अध्यक्षता गर्ने जनाउनु भएको छ ।
प्रवक्ता झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लगत्तै दोस्रो बैठक पार्टी सभापतिज्यूको सभापतित्वमा हुनेछ ।’
गत पुस ८ को रास्वपाको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपाध्यक्ष डिपी अर्याललाई दिएको थियो ।
लामिछानेको सांसद पद भने पुस ८ गतेदेखि नै निलम्बनमा परेको छ। सहकारीको बचत अपचलन तथा सम्पत्ति शुद्धीकरणको कसुरमा अदालतमा अभियोग दर्ता भएपछि उहाँको सांसद पद निलम्बनमा परेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच