
रमेशप्रसाद गौतम
लोकतान्त्रिक व्यवस्था भनेको नै विधिको शासन हो । व्यवपस्थापिकाले विधिनिर्माण गरी त्यसैका आधारमा राज्यव्यवस्था सञ्चालन हुने हो । यसै प्रक्रियाबाट लोकतान्त्रिक मूूल्यमान्यताको कदर गरिने हो । विधायिकाले निर्माण गरेको विधि नै कार्यपालिकाको कार्य सञ्चालनको मूल आधार हो । यसमा न्यायालयको मूूख्य दायित्व चाहिँ कार्यपालिकाले विधिसम्वत् आफ्नो कार्य गरेको छ छैन भनी हेर्ने हो । संवैधानिक सर्वोच्चता कायम गर्ने काममा महत्वपूूर्ण भूमिका न्यायलयले गर्दछ । यसर्थ यसतर्फ राज्यको निरन्तर ध्यानाकर्षण गराउने काम न्यायलयले गर्दछ ।
नेपालको संविधानको प्रस्तावना नै सार्वभौम सत्ता सम्पन्न नेपाली जनता भनी सम्बोधन गरिएको छ । जनतामा निहित सार्वभौम सत्ताको अभ्यास, आवधिक निर्वाचन, बालिग मताधिकारलगायत अन्य अधिकार पूूर्णसुनिश्चित गरेको हुुन्छ । संसद्बाट पारित विधेयक दलीय दाउपेचमुुक्त भएर कानुनी बाटो अवलम्बन गर्नुुपर्ने हुुन्छ । जनप्रतिनिधिले संविधानको मर्म र भावना प्रतिकूूल नहुने गरी संसद् र सरकारमा रही देश–जनताको हितमा कार्य गर्नुपर्ने हुुन्छ ।
जनहितका लागि शिक्षा नै शक्ति हो । शिक्षाकै माध्यमबाट युवा देशविकासमा लाग्ने हुन् । जुन देशका युवा आफ्नो वुद्धि, विवेक र क्षमताको सही सदुपयोग गर्छन् त्यो देश निश्चित समृद्धि र उन्नत हुन पुुग्दछ । देशका ऊर्जाशील शक्ति भनेको नै युुवा वर्ग हुन् । युवालाई नै देश विकासको संवाहक मानिन्छ । युवा वर्गलाई सही दिशा प्रदान गर्ने काम शिक्षाबाट हुने हो । शिक्षा समाजको समग्र विकासको मेरुदण्ड भए तापनि अझै शिक्षालाई मुलुुकले प्राथमिकता दिन सकिरहेको छैन ।
अहिले मुलुुक अस्थिरताको शिखरमा छ । आमजनता निरास र दुःखमा छन् । रोजगारीको अभावमा युवा विदेशिन बाध्य छन् । गुणस्तरीय शिक्षाको खोजीमा दैनिक दुई हजारभन्दा बढी युवाजनशक्ति बाहिरिने गरेको छ । मुलुक विदेशी ऋणमा चुर्लुम्म डुबेको छ । अझ मित्रराष्ट्रसँग ऋण हात थाप्न सरकार पछि पर्दैन ।
शिक्षाको अर्को महत्वपूूर्ण पाटो नागरिक शिक्षा यसले समग्र मानव जीवनलाई सभ्य, सुशील र दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्दछ । राज्यका हरेक नागरिकलाई के गर्न हुन्छ के गर्न हुँदैन नागरिक हकअधिकारदेखि राज्यकोे शासन प्रणाली विधायिका, न्यायपालिकालगायत विषयमा यथोचित ज्ञान र सीपको विकास गराउने कार्य नागरिक शिक्षाबाट हुन सक्दछ । आजको विश्वव्यापीकरणमा नागरिक शिक्षाले व्यक्ति, समुदाय, राज्य र विश्वको समृद्धिका लागि ठूलो भूमिका खेल्न सक्दछ ।
अहिले मुलुुक अस्थिरताको शिखरमा छ । आमजनता निरास र दुःखमा छन् । रोजगारीको अभावमा युवा विदेशिन बाध्य छन् । गुणस्तरीय शिक्षाको खोजीमा दैनिक दुई हजारभन्दा बढी युवाजनशक्ति बाहिरिने गरेको छ । मुलुक विदेशी ऋणमा चुर्लुम्म डुबेको छ । अझ मित्रराष्ट्रसँग ऋण हात थाप्न सरकार पछि पर्दैन । मुलुकले विकासको आधार शिक्षा हो भन्ने कुरा आत्मसात गर्न सकिरेको छैन । नागरिक शिक्षालाई अरू बढी प्रभावकारी तुल्याउने कुरा त अझै परको कुरा भयो । शिक्षा र नागरिक शिक्षालाई अघि बढाउन नसक्दा अधिकांश मध्यमस्तरीय जनशक्ति भारत र खाडी मुलुकमा र उच्चस्तरीय जनशक्ति विकसित मुलुकमा गुणस्तरीय शिक्षाको खोजीमा भौँतारिइरहेका छन् ।
शिक्षित जनशक्तिबिना देशविकास सम्भव हुँदैन । देशलाई आर्थिक सामाजिक संस्कृतिक रूपले रूपान्तरणका लागि युवाजनशक्ति नभई नहुने हो । समाजमा विद्यमान भेदभाव, अन्याय, अत्याचार, भष्टचार आदिको अन्त्यका लागि शिक्षित युवाजनशक्ति नै चाहिन्छ । त्यो जनशक्ति आज विदेशिने गरेकाले विकासका सम्भावनामा प्रश्नचिहृन खडा हुनथालेका छन् । लोकतान्त्रिक संस्था र मान्यतालाई सुदृढ गर्न सकिरेको छैन । नागरिक शिक्षाको माध्यमद्वारा लोकतान्त्रिक राज्यनिर्माणको सम्बन्धमा नेपालमा प्राज्ञिक र राजनीतिक बहस चलेको देखिँदैन । चेतनशील युवा जनशक्तिले नै नागरिक संस्कृतिको निर्माण गर्छ नेतृत्वलाई लोकतान्त्रिक पद्धतितर्फ उन्मुख गराउन सक्दछ । यसका लागि राष्ट्रिय तहबाटै नीतिनियम, कानुन आदिको तर्जुमा हुनु जरुरी छ ।
हरेक राज्यका व्यक्तिलाई राज्यको सदस्यको रूपमा संवैधानिक अधिकार उपभोग गर्न पाउने अधिकार हुुन्छ । यसभित्र राज्यका दल, नागरिक समाज, आमनागरिक, सेना, प्रहरी, कर्मचारी, अदालत आदि पर्दछन् । तर, आजको सन्दर्भलाई हेर्दा परनिर्भरताको असरले हाम्रो सार्वभौमिकता नै खुुम्चिने स्थितिको डर पैदा भएको छ । आजको विश्वव्यापीकरणबाट प्रभावित वातावरणमा नेपाली राजनीतिक नेतृत्वहरूले तदनुुरूप आमजनताको हितमा प्रयोग गर्न सकिरहेका छैनन् ।
वर्तमान सामाजिक, आर्थिक, शैक्षिक वातावरणले विद्यमान सरकारी क्रियाकलापप्रति सन्तोष देखाउँदैन । अमेरिकामा जस्तै नेपालमा पनि लोकप्रियतावादको वृद्धिले उदार राजनीतिमाथि सतर्कता देखाउन खोजेको छ । यो प्रवृत्ति केही वर्ष निरन्तर बढ्दै छ । भारतमा मोदीको निरन्तरता रुसमा पुटिनको वर्चश्व र अमेरिकामा ट्रम्पको दोस्रोपटकको उदय राष्ट्रवादकै मोहमा हो । भ्रष्टाचार गर्नुहुुन्न भन्ने नारा छ तर पनि यसलाई रोक्न कुनै राजनीतिक दल भ्रष्टाचार, महँगी, दण्डहीनताप्रति खासै चासो राख्न खोज्दैनन् । उल्टो घरपरिवार र सामाजिक तहमा आर्थिक, सामाजिक भावनात्मक नैतिक बेथितिले प्रवेश लिँदैछ । जसरी समाजका अगुवाबाटै बाटो बिराउन थालेपछि तिनका पिछलग्गुु वा सर्वसाधारणलाई त्यही पदचापमा लाग्न कत्ति बेर लाग्दैन ।
समाजमा ठगी, धोका र विश्वासघातले फराकिलो परिवेश बनाउँदै आएको हुुन्छ । आमनागरिकमा कर्तव्य, अधिकार दायित्वबोध नभएपछि कुुकृत्यले प्रश्रय पाउने हो । अतः समयमै राज्यले नागरिक शिक्षालाई हरेक कक्षाको पाठ्यक्रममै प्रभावकारी ढंगले समावेश गरी हरेक बालबालिकादेखि नागरिक चेतना जगाउने कार्यको थालनि हुन जरुरी छ ।
लोकतन्त्रका लागि सबभन्दा ठूलो खतरा भनेको झुुटको राजनीति हो । राजनीतिक नेतृत्वहरू सधैँ सत्तामा रहन अनेक खेल खेल्ने तथ्यगत आधारलाई विकृत तुुल्याई आमसाधारण जनतालाई भ्रमजाल फैलाउने, सत्तामा बस्न नपाउँदा जे पनि झुुटको खेती गरिरहने आफूूबाट भएका गलतलाई कहिले नस्वीकार्ने फगत गल्तीको दोष जति अरूको टाउकामा थोपर्ने, सरकारमा रहँदा कानुन खेलाई आफ्नो स्वार्थ पूर्ति गर्ने, राजनीतिक सिद्धान्त र आदर्शको राजनीतिलाई तिलाञ्जलि दिने काम मात्र भएका छन् । प्रशासन निष्पक्ष र तटस्थ रहनुुपर्नेमा राजनीतीकरण हँुदै गएको छ । यसरी मुुलुुकको सरकारलगायत सबै संवैधानिक तह तप्कासमेतले वैधानिकता गुुमाउँदै जानथालेको गुुनासो बढिरहेको छ ।
आजको युुग लोकतान्त्रिक र मानवतावादको युुग हो । हाम्रो लागि ‘वसुदैव कुटुुम्बकम्’ नै हो तर अहिले विश्वमा बढ्दो तनावलाई प्रश्रय दिएको उदाहरण रसिया र युुक्रेनबीचको युुद्धले पनि दुनियालाई डर पैदा गराइरहेको छ । यसबाट अरू दुुष्परिणाम आउनसक्ने स्थितिका कैयौैं उदाहरण छन् ।
सरकारको दायित्व भनेको देशमा सुुशासन दिएर जनताको हितमा काम गर्नुु हो । खाली चुुनाव जित्नुु प्राविधिक कारण हो व्यवहारमा चुुनाव जित्दैमा सरकारको वैधानिकता मान्न सकिँदैन । जबसम्म जनतामा सुशासन प्रदान गर्न सक्दैन । विगत केही वर्षयता दण्दहीनता, भ्रष्टाचार, अराजनीतिक क्रियाकलाप र सामाजिक विकृति बढ्दै आएको छ । परिणामतः असल नागरिक संस्कृति निर्माणमा बाधा पुु¥याइरहेको छ । औपचारिक नीति, नियम, कानुन नियम बनिरहेका छन् । राजनीतिले नीति, संस्कार र समृद्धिको नेतृत्व लिन चाहेन, सत्ता, अधिकार दायित्व नभएर स्वार्थमा केन्द्रित बन्यो । राजनीतिले असल समाज निर्माणमा विवेक बुुद्धि लगाएन ।
यी यावत् कुराका आधारमा विद्यमान समाजको परिस्थितिलाई सकारात्मक बाटोमा हिँडाउन नागारिक, अधिकार र कर्तव्यको यथोचित ज्ञान हुुनुुप¥यो । यसका लागि शिक्षालयहरूदेखि नागरिक चेतनाका साथै अधिकार र कर्तव्यको पालना गराउन सिकाउने शिक्षा नै नागरिक शिक्षा भएकाले यसलाई प्रवल रूपमा अघि बढाउनुु आजको अपरिहार्यता भएको छ । उदार लोकतन्त्रका लागि कमजोर देखाउन खोजको छ ।
आजको युुग लोकतान्त्रिक र मानवतावादको युुग हो । हाम्रो लागि ‘वसुदैव कुटुुम्बकम्’ नै हो तर अहिले विश्वमा बढ्दो तनावलाई प्रश्रय दिएको उदाहरण रसिया र युुक्रेनबीचको युुद्धले पनि दुनियालाई डर पैदा गराइरहेको छ । यसबाट अरू दुुष्परिणाम पनि आउनसक्ने स्थिति छ । यस्ता कैयौैं उदाहरण छन् जहाँ राजनीतिक तथा नागरिक स्वतन्त्रता कमजोर हुँदै जानथालेको छ । पहिलेका तानाशाहहरू हतियारको बलमा जनताको स्वतन्त्रता दबाउँदथे, अहिलेका नयाँ निर्वाचित तानाशाहहरू आफूआफूू अनकूूलको कानुन, नीतिनियम बनाएर लोकतान्त्रिक प्रणाली बिगारेर जनतामाथि तानाशाही चलाउँदछ । यस्ता विकृत तानाशाही शासकहरूमा जिम्बाबेका रबर्ट मुुगावे, कंगोका मोवुतुु, फिलिपिन्सका मार्कोस र इण्डोनेसियाका सुुहार्तो आदि लोकतन्त्रका मुुकुुण्डोधारी तानाशाहहरू हुुन् । विश्वमा यस्ता शासकहरूबाटै लोकतन्त्रको उपहास भइरहेको छ ।
नेपालमा २००७ सालको क्रान्ति इतिहासकै नाजुुक मोड थियो । यो क्रान्तिले मुलुुक सामान्ती र शासकका जरै हल्लाइदिएको थियो । आमनागरिकमा नयाँ चेतना र नयाँ लहर आउँदै थियो । यसैबीचमा दलहरूको आपसी इर्षा, दम्भ र अपरिपक्कताले गर्दा सर्वसाधारण जनताले लाभ पाउन सकेनन् । देश ‘पुुनः मुषिको भव’तर्फ गयो । पछि २०४६ सालको जनआन्दोलनको आँधीबेरीले ३० वर्षको जरा गाडी बसेको निर्दलीय पञ्चायती व्यवस्थालाई अन्त्य गरिदियो । जनताले नयाँ लोकतान्त्रिक खुला समाजबाट मुलुुकको नयाँ भविष्य देख्नथालेका थिए तर केही वर्षपछि नै यो आशा निराशामा परिणत हुुनथाल्यो ।
दलगत स्वार्थ र व्यक्तिगत लाभ भ्रष्टाचार अनियमित र दण्डहीनता मौलाउँदै आउनथाल्यो । दश वर्षे माओवादी युुद्ध आदि कारण जनतामा राजनीतिक नेतृत्वप्रति वितृष्णता पैदा हुँदैआएको छ । सत्ताको लडाइँमा एकले अर्कालाई पछार्ने अनिविपरीत सिद्धान्तकाबीच मितेरी गाँसेर पनि सत्तामा लुुटपुुट हुने प्रवृत्ति छ । असल सोच र संस्कारबिनाको राजनीतिमा यस्तै चलखेल देखिन्छ । असल संस्कार र सकरात्मक गुुण भएका मानिस आफ्ना अवगुुण के के छन् थाहा पाउँछन् । यस्ता असल गुुणलाई पल्लवित गराउने क्रियाकलापमा नागरिक शिक्षाले ठूलो मलजल पुु¥याउँन सक्दछ । अहिले नेपालमा भ्रष्टाचार नै ठूलो रोग बनेको छ । यसैबाट सबै खाले विकृति र बेथितिको जन्म भएको छ । नागरिक समाज भने यस्तै गतिविधिलाई आँखा चिम्लिएर दलदलमा फसिरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच